सर्लाहीबाट साउदी अरबको मक्कामदिना हज गर्न जाने हज यात्रीलाई बिदाइ तथा सम्मान गरिएको छ।यस वर्ष सर्लाहीबाट २८ जना हज यात्रामा जानेहरूलाई बिदाइ तथा सम्मान गरिएको राष्ट्रिय योजना आयोगका पुर्व सदस्य डा.अब्दुल रहिम मिकरानीले जानकारी दिए ।उनका अनुसार मक्का मदिना धार्मिक तीर्थ यात्रामा जाने हज यात्रीहरूलाई एक कार्यक्रमका बिच बिदाइ तथा सम्मान गरिएको हो ।
सर्लाहीबाट हज यात्रामा जानेहरूलाई हज यात्रीलाई गम्छा,टोपी तथा फुलका माला लगाएर सम्मान तथा बिदाइ गरिएको हो ।हज यात्रामा जाने हाजिहरुले हज यात्रा महँगो भएको भन्दै त्यसलाई घटाउन सरकारसँग आग्रह समेत गरेका छन्।यस वर्ष नेपालभरिबाट एक हजार एक सय ७१ जना नेपाली मुस्लिमहरु हजको लागि सउदी अरब जादैँछन् ।हज यात्रा गर्नको लागि प्रति व्यतिm रु.चार लाख बराबर खर्च गरेर मुस्लिम समुदायका मानिसहरु हज यात्रा गर्न जान्छन्।एउटा व्यतिmलाई हज गर्दा बढि आर्थिक भार परेको भन्दै मुस्लिम समुदायहरुले हज यात्राको सरकारले निर्धारण गरेको शुल्क घटाई दिन सरकारसंग आग्रह गरेका हुन ।