Close This

सर्लाहीका प्रदेश सभा सदस्य सिंह प्रदेशको खेलकुद मन्त्री

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२६ गते   १८३ पटक हेरिएको

सर्लाही क्षेत्र नम्बर ४ (क)बाट प्रदेश सभा सदस्यमा निर्वाचित हुनु भएका वीरेन्द्रप्रसाद सिंह प्रदेशको महिला, युवा तथा खेलकुद मन्त्री हुनु भएको छ । ४२ वर्षीय सिंहले प्रदेश २ का  मुख्यमन्त्री लालबाबु राउत समक्ष महिला, युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालनु भएको हो । 
सर्लाहीको धनकौल गाउँपालिका घर भएका सिंहले बुधबार साँझ नै सपथ ग्रहण गर्नु भएको छ । स्रोतका अनुसार नेपाली कांग्रेसको तर्फबाट कांग्रेस संसदीय दलका नेतासमेत रहेका प्रदेशसभा सदस्य रामसरोज यादवलाई भौतिक मन्त्रालय तथा ओमप्रकाश शर्मालाई खानेपानी तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिईएको हो । त्यस्तै नेकपा(माओवादी केन्द्र)लाई पनि २ वटा मन्त्रालय दिने सहमति भईसकेको प्रदेश सरकारले जनाएको छ । 
मुख्यमन्त्री राउत सहितका नेताहरु तथा नेपाली कांग्रेस संसदीय दलका नेता यादव सहितका कांग्रेस नेताहरुबीच भएको सहमति अनुसार नेपाली कांग्रेसलाई ३ र नेकपा(माओवादी केन्द्र)लाई २ वटा मन्त्रालय दिने सहमति भएको थियो । सोही सहमति अनुसार मुख्यमन्त्री राउतले बुधबार साँझ मन्त्रिमण्डल विस्तार गर्नु भएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech