प्रहरीको नियन्त्रणमा रहेका डाँकाले प्रहरीको हतियार खाेसे,प्रहरीले गाेली चलायाे

188 Shares

सर्लाहीकाे बरहथवाबाट दुई जना डाँकालाई प्रहरीले पक्राउ गरेको छ ।बरहथवाबाट साेमबार राति पक्राउ गरि जिल्ला प्रहरी कार्यालय सर्लाही ल्याउँदै गर्दा प्रहरीको हतियार खाेसेर भाग्न खाेजेपछि प्रहरीले जवाफी कार्बाही गर्दा एकजना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब एक दर्जन मुद्दा लागेपछि फरार रहेका भारत मोतिहारीका जितेन्द्र राउत प्रहरीले चलाएको गोली लागेर घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको सर्लाही प्रहरीले जनाएको छ । उनको प्रादेशिक अस्पताल मलंगवामा उपचार भइरहेको छ भने अर्का एक जनाकाे विवरण सर्लाही प्रहरीले सार्वजनिक गरेकाे छैन् । राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनाकाे विवरण सर्लाही प्रहरीले सार्वजनिक नगरेकाे हाे ।

आरोपीहरूलाई पक्राउ गर्न प्रहरीले पाँच राउन्ड गोली चलाएको स्थानीयले बताएका छन् ।सो मध्ये दुई राउन्ड गोली जितेन्द्रलाई लागेको बुझिएको छ । उनीहरुले बोकेको अमेरिकन पेस्तोल र छ राउन्ड गोली प्रहरीले बरामद् गरेको छ । याे सम्बन्धमा सर्लाहीको कुनै पनि पत्रकार एवम सञ्चारकर्मीहरुलाई जानकारी नगराईएकाे भए पनि बाहिर मिडियाहरुमा समाचार आई सकेकाे छ ।

तथापि पनि सर्लाही प्रहरीले पत्रकार सम्मेलन राखेकाे र त्यहाँ सार्वजनिक गर्ने बताएको छ । यता,भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब एक दर्जन मुद्दा लागेपछि फरार रहेका मानिसलाई नियन्त्रणमा लिनु प्रहरीको प्रसंसनिय काम भए पनि अपराधीले नै प्रहरीको हतियार खाेस्न खाेजेपछि गाेलि चलाउनु परेकाे भन्ने बाहना मात्रै भएको स्थानीय जानकारहरु बताउँछन् । प्रहरीको भेनमा राखिएका कुख्यत डाँका(अपराधी)ले नै प्रहरीको हतियार खाेस्न खाेजे भन्नू सर्लाही प्रहरीकाे सुरक्षा चुस्ततामा प्रश्न उठेकाे छ ।

सम्बन्धित समाचार