Close This

सामुदायिक वन क्षेत्रमा लागेको आगो बस्ती पस्दा करिब ४ लाख बराबरको क्षेती

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१२-२९ गते   २७० पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १३ मा वनमा लागेको आगो गाउँमा पस्दा १ घर जलेर नष्ट भएको छ । लालबन्दी नगरपालिका १३ सानु नारायण डाँडा स्थित पञ्चकन्या सामुदायिक वनमा लागेको डडेलो वन नजिकै रहेको बस्तीमा पस्दा लालबन्दी नगरपालिका १३ बस्ने लाल बहादुर श्रेष्ठको काठेघर जलेर नष्ट भएको हो ।
सामुदायिक वन क्षेत्रमा  लागेको आगो गाउँबस्ती पस्दा काठे गाई गोठ र घर जलेर नष्ट भएको लालबन्दी नगरपालिका १३ का वडा सदस्य मोहन राउतले जानकारी दिनु भयो । उहाँका अनुसार आइतबार साँझ करिब ५ः२० बजे अचानक वन क्षेत्रको आगो गाउँ पसेको हो । आगो गाउँ पसेको खबर पाउना साथ स्थानियबासी र स्थानिय प्रहरी पुगि  करिब १ घण्टापछि आगो पुर्णरुपमा नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक निर्मल थापाले जानकारी दिनु भयो ।
आगलागीबाट गोठ पुर्णरुपमा जलि नष्ट भएको र घर भित्र आगो सल्किन जाँदा भाडामा दिनको लागी राखेको सिरक र डसना गरी ५० थान र सोलार १ थान समेत जली नष्ट भएको प्रहरीको भनाई छ । मानविय क्षेती नभए पनि आगलागीबाट अन्दाजी ३ लाख ८० हजार बरारबरको क्षति भएको लालबन्दी नगरपालिका १३ का वडा अध्यक्ष मोहन कृष्ण वैद्यले बताउनु भयो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech