चार राउण्ड गाेली सहित दुईजना पक्राउ,सूचना एकद्वार प्रणाली भएन्

563 Shares

सर्लाही वाग्मती नगरपालिका १० सोल्टीबाट चार राउण्ड गाेली सहित दुईजना पक्राउ परेका छन् ।बागमती नगरपालिका १० स्थित साेल्टी बरहथवा सडक खण्डबाट अस्थाई प्रहरी चौकी सोल्टी र जिल्ला प्रहरी कार्यालय सर्लाहीवाट  खटिएको साझा पोसाककाे प्रहरीको टोलीले चार राउण्ड गोली सहित मंलगवा नगरपालिका १ का अन्दाजी २१ वर्षका पोसन महरा राम र वागमती नगरपालिका  ८ का अन्दाजी २४ वर्षका रंजित रामलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम प्रहरी नायव उपरीक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए । उनका अनुसार शंकरपुरबाट सोल्टीतर्फ जाँदै गरेको बिआर ३० डव्लु ५८८३ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्ने क्रममा मोटरसाइकलमा सवार एक जना व्यक्तिसँग चार राउण्ड अबैध गोली फेला परेको हाे । यता,जिल्ला प्रहरी कार्यालय सर्लाहीले जिल्लाका कुनै पनि पत्रकारहरुलाई साे विषयमा जानकारी नगराई पहिला जिल्ला बाहिरका पत्रकारहरुलाई जानकारी गराएको पाईएकाे छ ।

जिल्ला प्रहरी कार्यालयमा भएका पत्रकार सम्मेलनहरुमा समाचारमुलक सुचनाहरु एकद्वार प्रणालीबाट प्रवाह गर्ने विषयमा पटक पटक कुरा उठ्ने गरेकाे भए पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक दयानिधि ज्ञवाली सर्लाही आएपछि जिल्लाका पत्रकारहरुका त्यस प्रकारका गुनासाहरु सुनुवाइ नगरी संघिय राजधानीका केही मिडियाहरुलाई पहिलै जानकारी गराउने गरि रहेका छन् ।

सम्बन्धित समाचार