सर्लाहीको बसबरिया गाउँपालिका ३ मा भएको ट्याक्टर दुर्घटना हुँदा एकजनाको ज्यान गएको छ।बसबरिया गाउँपालिका ३ का दिनकर रायको प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर खेतमा काम गरेर फर्किँदा बसबरिया गाउँपालिका ३ कोठिहार स्थित नहरमा आईतबार(साँझ) करिब ७ बजे पल्टीँदा ट्याक्टरका चालक बसबरिया गाउँपालिका ३ का अन्दाजी वर्ष २५ का दीपेन्द्र माझी(पुजेरी)को ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार बसबरिया गाउँपालिका ३ कोठिहार स्थित नहरमा प्रदेश प्रदेश २–०२–००१ त ०४३५ नम्बरको ट्याक्टर पल्टीँदा ट्याक्टरका चालक माझीको ज्यान गएको र ट्याक्टरमा सवार ट्याक्टर धनी बसबरिया गाउँपालिका ३ का अन्दाजी वर्ष ५० का संजिव कुमार यादव सकुसल रहेका छन् भने ट्याक्टर धनी यादव फरार रहेका छन् ।
दुर्घटनामा संलग्न ट्याक्टर इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको र शवलाई पोष्ट मार्टका लागि प्रादेशिक अस्पताल मलंगवा,सर्लाही पठाइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवत्ता एवम प्रहरी नायव उपरिक्षक थारुले जानकारी दिए ।