स्व.आदित्यको स्मृतिमा जिल्लास्तरीय फुटबल प्रतियोगिता हुने

385 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ रानिगन्जमा जिल्लास्तरिय फुटबल प्रतियोगिता आयोजना हुने भएको छ।लालबन्दी नगरपालिका १७ रानिगन्ज निवासी स्व.आदित्य बलम्पाकी मगरको स्मृतिमा असोज १ गतेदेखि २० वर्षमुनिको जिल्लास्तरिय फुटबल प्रतियोगिता आयोजना गर्ने तयारी भएको लालबन्दी नगरपालिका १७ रानिगन्जको महाकाली युवा क्लबले जनाएको छ ।

28-08-2025-68b074c821fc5-t.jpg
प्रतियोगिताको बिजेतालाई रु ५१ हजार र उपबिजेतालाई रु २५ हजार नगद पुरस्कार प्रदान गरिने अखिल नेपाल फुटबल संघ सर्लाहीका निवर्तमान उपाध्यक्ष विभुसिंह थापाले जानकारी दिए ।मकवानपुरको इन्द्रसरोवर गाउँपालिका ३ स्थित सिस्नेरीमा अखिल नेपाल फुटबल संघ (एन्फा)ले राखेको युथ १४ क्याम्पका ३७ जना खेलाडीमध्ये लालबन्दी नगरपालिका १७ रानिगन्जका आदित्य सहित छ जना खेलाडीको मृत्यु भएको थियो ।
असोज १२ गते शनिबार छ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको भन्दै एन्फाको चौतर्फी आलोचना भएको थियो ।कुलेखानीको ड्याम खोलेपछि सुरक्षित स्थानतर्फ जाने क्रममा छ जना खेलाडीको पहिरोमा परेर मृत्यु भएको एन्फाले बताएपनि खेलाडीहरु बस्दै आएको एन्फा एकेडेमी तथा होस्टलमा बाढी पहिरोले कुनै असर गरेको थिएन् ।उनकै स्मृतिमा लालबन्दी नगरपालिका १७ रानिगन्जमा असोज १ गतेदेखि २० वर्षमुनिको जिल्लास्तरिय फुटबल प्रतियोगिता आयोजना हुने भएको हो ।

सम्बन्धित समाचार