सर्लाहीको इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक(सई)उपेन्द्र चौधरीको कमिसन असुली मौलाएको छ । इलाका प्रहरी कार्यालय कर्मैयाका प्रहरी प्रमुख प्रहरी नायव निरिक्षक(सइ)चौधरीले काठ तस्करी,लागु औषध कारोबारीहरु र नदी दोहनकर्ताहरुका साथै घरेलु मदिराबाट चर्काे कमिसन असुल्ने गरेका एक प्रहरी अधिकारीले बताए ।
उनका अनुसार प्रहरी नायव निरिक्षक(सइ)चौधरीले प्रहरी कार्यालयमा कुनै प्रकारका सिफारिस लिन आउने नागरिकहरुसंग पनि कमिसन असुल्ने गरेका छन् । आफुलाई निवर्तमान खानेपानी मन्त्री उमाकान्त चौधरीको नातेदार बताउँदै प्रहरी नायव निरिक्षक(सइ)चौधरीले चर्काे कमिसन असुल्ने गरेका भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाही समेत मौन देखिएको छ ।सामान्य छलफलहरुमा आउने नागरिकहरुसंग समेत प्रहरी नायव निरिक्षक(सइ)चौधरीले कमिसन असुल्ने गरेका गुनासो जिल्ला प्रहरी कार्यालय सर्लाहीमा पटक पटक जाने गरेको भएपनि जिल्ला प्रहरी कार्यालय सर्लाही समेत मौन देखिनुले प्रहरी नायव निरिक्षक(सइ)चौधरीको कमिसन असुलीमा जिल्ला प्रहरी कार्यालय सर्लाहीको समेत साथ रहेको स्थानीयको आरोप छ ।
कमजोर कार्यालय प्रमुख शैली भएका प्रहरी नायव निरिक्षक(सइ)चौधरीको विषयमा धेरै पटक जिल्ला प्रहरी कार्यालय सर्लाहीमा गुनासो गर्दा पनि जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पंजियार थारुले कुनै सुनुवाई नगरेका एक स्थानीयले गुनासो गरे । उनका अनुसार प्रहरी नायव निरिक्षक(सइ)चौधरी र जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक पंजियार थारु पनि चौधरी नै भएकाले जातको आधारमा प्रहरी नायव निरिक्षक(सइ)चौधरीले संरक्षण पाएका हुन ।