Close This

सर्लाहीको रामनगरबासीद्धारा मन्त्री सिंहलाई ४० किलोको मालाले सम्मान

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-३-६ गते   ९३६ पटक हेरिएको

 प्रदेश २ का महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र प्रसाद सिंहलाई सर्लाहीको रामनगर गाउँपालिमा ४० किलोको मालाले स्वागत तथा सम्मान गरिएको छ ।
रामनगर गाउँपालिका–३, स्थित माध्यमिक विद्यालयको प्रांगणमा भएको कार्यक्रममा सर्लाही क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य समेत रहनु भएका मन्त्री सिंहलाई उहाँको पार्टी कांग्रेसका नेता कार्यकर्ताले भव्य स्वागत गरेका उहाँका स्वकिय सचिव निकेश त्रिपाठीले जानकारी दिनुभयो । 
उहाँलाई आइतवार नै बरहथवा नगरपालिका १४ मा पनि जनप्रतिनिधिहरु र स्थानीय वासिले स्वागत गरेका थिए । धनकौल गाउँपालिका निवासी सिंह प्रदेश सरकारको मन्त्री भएपछि अहिले गृहजिल्ला आएर आफ्नो निर्वाचन क्षेत्रका कार्यकर्तासँग भेटघाट गरि रहनु भएको छ । मन्त्री सिंहले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरुका समस्या पहिचान तथा समस्या समाधानको बाटो समेत खोजीने मन्त्री सिंहले बताउनु भयो । 

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech