Close This

डिआइजी रन्जीतकारको नाममा रकम असुल्ने हबल्दार हायू जुवाखालबाट पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-२६ गते   ३१२७ पटक हेरिएको


प्रदेश २ प्रदेश प्रहरी कार्यालय जनकपुरका घुमुवा जुवाखालबाट रंगेहात पक्राउ परेका छन् । नेपाल प्रहरी प्रदेश २ का प्रहरी प्रमुख(डिआइजी) उमेश रन्जितकारको निर्देशनमा आफु घुमुवा बनेको बताउँदै हिड्ने प्रहरी हबल्दार टीका हायू जुवाखालबाट रंगेहात पक्राउ परेका जिल्ला प्रहरी कार्यालय महोतरीले जनाएको छ ।
। उनी डिआइजी रन्जितकारको घुमुवा हुँ भन्दै बर्दिबास क्षेत्रमा खटेका थिए। उनले ठूला ठूला जुवा अखडाहरूबाट डिआइजी रन्जीतकारको नाममा रकम उठाउने गरेको समेत खुलेको छ । इलाका प्रहरी कार्यालय बर्दिबासका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक( डिएसपी) बिरेन्द्र थापालाई समेत डिआइजी रन्जीतकारकोे घुमुवा हुं भन्दै हिडेको र सेटिङ मिलाउदै जुवालाई संरक्षण गर्दै आएका घुमुवा न्यौपाने होटल बर्दीवासबाट जुवा खेल्दा खेल्दै पक्राउ परेका हुन ।हबल्दार हायूको दरबन्दी काठमाडौ रानीपोखरी रहेको समेत खुलेको छ । 
जुवातास  खेलिरहेको अवस्थामा १० जनालाई बिहीबार बिहान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।पक्राउ पर्नेमा बर्दिबास नगरपालिका–१ बस्ने ४० वर्षीय दीपक शर्मा, ३५ वर्षीय नवराज तिमल्सिना, ४२ वर्षीय प्रकाश न्यौपाने, २४ वर्षीय सुरज खड्का, ३७ वर्षीय दीपक न्यौपाने रहेका छन् ।यस्तै बर्दिबास नगरपालिका–३ बस्ने ३९ वर्षीय धनबहादुर वाइबा, ४० वर्षीय डोरमणि ढकाल, २७ वर्षीय राजीव थापा, २४ वर्षीय सुजन आचार्य र सिन्धुलीको तीनपाटन नगरपालिका– ३ का ३७ वर्षीय टिका हायूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
जुवातास खेलिरहेको सुचनाको आधारमा इलाका प्रहरी कार्यालय बर्दिबासबाट खटिएको प्रहरी टोलीले उनीहरूको साथबाट नगद रु ५४ हजार ५ सय १५ र एक बुक ताससमेत बरामद गरेकोे जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । पक्राउ परेकाहरूलाई अहिले प्रहरीको नियन्त्रणमा राखेर आवश्यक अनुसन्धान अधि बढाइएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech