लालबन्दी १७ का पाँच परिवारलाई न्यानो शिरक सहयोग

516 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १७ का विपन्न पाँच परिवारलाई न्यानो शिरक वितरण गरिएको छ । लायन्स क्लब लालबन्दी सिटीले लालबन्दी नगरपालिका १७ का विपन्न पाँच परिवारलाई न्यानो शिरक वितरण गरेको लालबन्दी नगरपालिका १७ का स्थानीय एवम नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य विभु सिंह थापाले जानकारी दिए ।
उनका अनुसार लालबन्दी नगरपालिका १७ का शारीरिक रुपमा अशक्त,अहसाय एवम गंभिर खालका बिरामीहरु प्रेम महतो,बिलट चौधरी,मन माया बलम्पाकी,देवन साह तेली र दोर्जे सिंह घिसिङलाई न्यानो शिरक वितरण गरिएको हो ।न्यानो शिरक वितरण कार्यक्रममा लायन्स क्लब लालबन्दी सिटीका अध्यक्ष दिपक थापा,पास्ट प्रेसिडेण्ड दिपेन्द्र अधिकारी,चिरन्जिवी खतिवडा,राज कुमार न्यौपाने,विकल जर्घा मगर,अर्जुन गौतम,सुरज थापा र कुमार थापा लगायतको विशेष उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार