Close This

बागमती नगरद्धारा घरघरमा निःशुल्क औषधी वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-१-१९ गते   ५७८ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिकाले घरदैलो स्वास्थ्य परिक्षण तथा सचेतना अभियान सम्पन्न गरेको छ । २३ दिन लामो घरदैलो स्वास्थ्य परिक्षण तथा सचेतना अभियान सम्पन्न गरेको हो । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट नगरवासीलाई सुरक्षित राख्न नगरपालिकाले नगर अन्तरगका १२ वटै वडामा घरदैलो स्वास्थ्य परिक्षण तथा कोरोना भाइरस (कोभिड–१९) सम्बन्धी सचेता अभियान संचालन गरेको जनाएको छ ।
नगर अन्र्तगत रहेका ६ वटा स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, जनप्रतिनिधि र महिला स्वास्थ्य स्वयंसेवीकाहरुको संहभागीतामा गठन गरिएको ६ वटा स्वास्थ्यकर्मीहरुको टोली गाउँ गाउँमा खटिएका थियो । उक्त टोलीले नगरका प्रत्येक घर घरमा पुगेर सम्पुर्ण परिवारको गन थर्माेमिटरको सहायताले स्वास्थ्य परिक्षण गर्नुको साथै कोरोना भाइरस(कोभिड १९) सम्बन्धी परामर्स समेत प्रदान गरेको नगर स्वास्थ्य शाखा प्रमुख रामेश्वर सिङले जानकारी दिनु भयो ।
टोलीले नगरवासीको परिवारीक अवस्थाको बारेमा विवरण समेत संकलन गरेको र सामान्य रुघा, खोकी र ज्वरोका विमारीलाई घर घरमै निशुल्क औषधी वितरण गर्दै सेल्फ क्वारेन्टीनमा बस्न सचेत गराएको नगर उप प्रमुख लिला कुमारी मोक्तानले बताउनु भयो ।सामान्य मौसमी ज्वरो, रुघा र खोकी देखिदा समेत कोरोना संक्रमणको आशंकामा नगरवासी त्रसित बन्ने भएकाले उनिहरुलाई घरघरमै सुरक्षित तरिकाबाट स्वास्थ्य परिक्षणको ब्यवस्था गरिएको नगर प्रमुख भरत कुमार थापाले बताउनु भयो ।
यस्तो बिषम परिस्थितीका बाबजुद पनि नागरिकको स्वास्थ्य सुरक्षामा खटिने स्वास्थ्यकर्मी, जनप्रतिनिधि तथा महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाई नगर प्रमुख थापाले धन्यवाद् ज्ञापन गर्नुभएको छ । टोलीले २३ दिन लगाएर नगरका १२ वटा वडाका १० हजार २ सय १५ घर धुरीका ४८ हजार ५ सय ८३ जनाको स्वास्थ्य परिक्षण गरेको नगरपालिकाले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech