Close This

दाइजोको निहुमा अमृतामाथी निर्घात कुटपिट,श्रिमान र ससुरा पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-२८ गते   २०३ पटक हेरिएको

ससुरालीले दाईजोमा ग्याँस चुल्हो नदिएको भन्दै श्रीमानबाटै एक नवविवाहित युवती चरम यातानाको शिकार भएकी छिन । माईतबाट दाईजो वापत ग्याँस,चुल्हो र सिलिण्डर नल्याएको भन्दै घरपक्षले निर्घात कुटपिट गरेका हुन ।
महोत्तरीको सम्सी गाउँपालिका ६ का रामअश्रय साहकी २१ वर्षिया छोरी अमृता कुमारी साहको सर्लाहीको हरिपुर्वा नगरपालिका २ का २४ बर्षिय जोग नारायण साहसँग विवाह भएको थियो । मधेशमा विवाह भएको चार दिनपछि नवदुल्हीलाई भान्सा घरमा भित्र्याउने परम्परा अनुसार उनलाई खाना बनाउन पठाइएको र खाना बनाउने क्रममा भान्सामा सामग्री माग गरेपछि विवाद शुरु भएको स्थानियले बताएका छन् ।विवाहको चार दिनसम्म पनि दाईजो नदिएको भन्दै असन्तुष्ट बनेका घरपरिवारले अमृतामाथी निर्घात कुटपिट गरेका हुन ।
भान्सामा खाना बनाउन चाहिने आवश्यक सामाग्री नभएकोभनी अमृताले भान्सा कोठाका लागि आवश्य सामाग्री माग गरेपछि उनलाई सासुले बाबु आमाले जे दिएका छन् ।त्यहि प्रयोग गर भनेपछि विवाद सुरु भएको स्थानियको भनाई छ । घरमै रहेका श्रीमान जोग नारायणले आमाको कुरा सुनेर आफुलाई लछार पछार गर्दै आफुमाथि निर्घात कुटपिट गरेका अमृताको भनाई छ ।
मधेश समुदायमा विहे भएको चार दिन पछि माइतबाट कोसेली लिई छोरीको घरमा गई छोरीलाई बोलाई लैजाने चलन रहेको छ । त्यहिँ अनुसार अमृताका वुवा पनि छोरीलाई घरबाट माईत लैजानका लागि कोसेली सहित उनको घरमा पुगेका थिए । वुवासँग माईत गएकी अमृता चार पाँच दिन पछि पुनः घर फर्किएकी अमृताका वुवा रामअश्रयले बताए ।
  अमृता भन्छिन–‘शुरुमा त खाना पकाउने सिलिण्डर र चुल्हाको विषयमा घोच्याउन थाले । पछि त हाम्रो छिमेकीलाई  रु १५ लाख नगद, फ्रिज, फर्निचर, सुन, चाँदि दाईजोस्वरुप दिएको तर तिम्रो बुबाले केही नदिएको भनेर विभिन्न किसिमको वहानामा यातना दिएका अमृताको भनाई छ । 
चरम यातना सहन नसकेर मरान्सन्न अवस्थामा रहेकी अमृतालाई माइती पक्षले अपजस आउने डरले उनको माईती महोत्तरीको सम्सी पुरयाइएका थिए । श्रीमान जोगनारायण,र  उनका भाई मोटरसाईकलमा पुगेर अमृतालाई माईतीघरको सडक छेउमा छोडेर  भाग्न खोजेपछि रामअश्रयले मोटरसाईकलको साँचो लिएर उनलाई रोकेका थिए । पटक पटक सामान्य कुरामा विवाद सुरु भएपछि  अमृतामाथी निर्घात कुटपिट गरी प्राथमिक उपचारका लागि सम्सीमा भर्ना गरिएको थियो । अवस्था गम्भीर भएपछि थप उपचारका लागि  जिल्ला अस्पताल सर्लाहीमा भर्ना गराएका छन् ।भने पीडित अमृतालाई न्याय दिलाउनका लागि उनका माईतीपक्षले शान्ति सेवा केन्द्र र जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दर्ता गराएका छन ।
त्यस पश्चात फरार रहेका अमृताका श्रीमान् र ससुरालाई प्रहरीले पक्राउ गरेको छ ।  वैशाख १३ गते आफ्नी श्रीमती र बुहारमिाथी कुटपिट गरेको आरोपमा परेको जाहेरकिा आधारमा उनिहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक सन्तोष सिंह राठौरले जानकारी दिनु भयो । 
अमृताले दाइजोसम्बन्धी कसुर तथा ज्यान मार्ने उद्योग मुद्दाको शीर्षकमा जाहेरी दिएपछि घटनामा संलग्न पीडितका श्रीमान् र ससुरालाई शुक्रबार साँझ पक्राउ गरिएको प्रहरी उपरिक्षक राठौरले बताउनुभयो । घटना भए लगतै घरपरिवार फरार रहेकोले खोजीकार्य गर्ने क्रममा श्रीमान र ससुरालाई पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech