बागमती नगरपालिकामा माओवादी केन्द्रका दुई वडाध्यक्ष विजयी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-१ गते   १९३९ पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका १ र २ को वडाध्यक्षमा नेकपा(माओवादी केन्द्र)का उम्मेद्वार विजयी भएका छन् । बागमती नगरपालिका १ मा निवर्तमान वडाध्यक्ष गम्भिर सिङ पाख्रिन र बागमती २ मा टेक बहादुर बल विजयी भएका हुन् । 
१ हजार १ सय १५ मत सहित पाख्रिन विजयी हुँदा निकटतम प्रतिद्धन्दी नेकपा एमालेकी सीता थापाले ६ सय २७ मत मात्र प्राप्त गरेकी छिन । त्यस्तै बागमती २ का बलले ४ सय ७५ मत सहित विजय प्राप्त गर्दा निकटतम् प्रतिद्धन्दी एमालेका धन बहादुर जिम्बाले ४ सय ४५ मत मात्र ल्याएका हुन । बागमती नगरपालिकामा अहिले वडा नम्बर ४ र ५ को मतगणना भईरहेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech