सर्लाहीका २० वटा स्थानीय तहहरु मध्य सबैभन्दा बढी बेरुजु बागमती नगरपालिकाको देखिएको छ।भने सबैभन्दा घटी बेरुजु बिष्णु गाउँपालिकामा देखिएको छ।महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ अनुसार सबैभन्दा धेरै बेरुजु बागमती नगरपालिका १३.३१,गोडैता नगरपालिका १२.२५,बसबरिया गाउँपालिका ८.४० प्रतिशत र सबैभन्दा कम बेरुजु बिष्णु गाउँपालिका ०.२७,लालबन्दी नगरपालिका ०.६६,चक्रघट्टा गाउँपालिकामा ०.८५ प्रतिशत रहेको छ। सर्लाहीको ईश्वरपुर नगरपालिका ४.३०,कविलासी नगरपालिका ४.२५,बरहथवा नगरपालिका ३.१०,बलरा नगरपालिका ३.८४,मलंगवा नगरपालिका २.३०,हरिपुर नगरपालिका २.०७,हरिपुर्वा नगरपालिका १.८९ र हरिवन नगरपालिकामा ०.८७ प्रतिशत बेरुजु रहेको छ। कोडैना गाउँपालिका १.२१,चन्द्रनगर गाउँपालिका ६.१४,धनकौल गाउँपालिका ५.११,पर्सा गाउँपालिका ३.८३,ब्रहम्पुरी गाउँपालिका २.४४ र रामनगर गाउँपालिकामा २.७३ प्रतिशत बेरुजु रहेको महालेखा परीक्षकको ६२ औँ वार्षिक प्रतिवेदन २०८२ मा उल्लेख गरिएको छ।
प्रचलित कानुन बमोजिम पु–याउनुपर्ने रीत नपुु–याई कारोबार गरेको,राख्नुपर्ने लेखा नराखेको तथा बेमुनासिव तरिकाले आर्थिक कारोबार गरेको भनी लेखा परीक्षण गर्दा ठहरयाएको रकम कलमलाई बेरुजु भन्ने प्रावधान रहेको छ।यो आर्थिक कारोबारको हिनामिना हो,जसलाई आर्थिक अनुशासनहीनताको उपजका रूपमा महालेखा परीक्षकले लिने गरेको छ ।