माघ महिनाको उत्कृष्ट प्रहरीमा प्रहरी निरिक्षक गिरी

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-११-४ गते   ४१८ पटक हेरिएको

सर्लाही प्रहरीले माघ महिनाको उत्कृष्ट प्रहरी अधिकृत ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुखलाई घोषणा गरेको छ । ईलाका प्रहरी कार्यालय हरिवनका प्रहरी प्रमुख प्रहरी निरिक्षक भुपेन्द्र गिरीलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले माघ महिनामा उत्कृष्ट काम गर्ने प्रहरी अधिकृत घोषणा गरेको हो ।
२ नम्वर प्रदेश दंगा नियन्त्रण प्रहरी गण, गुल्म नम्वर ४ जनकपुरमा दरबन्दी भएर ईलाका प्रहरी कार्यालय हरिवनमा केही महिनाअघि आउनु भएका  प्रहरी निरिक्षक गिरीलाई माघ महिनाको उत्कृष्ट प्रहरी (पुलिस अफ द मन्थ) बाट सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक कृष्ण प्रसाईले जानकारी दिनुभयो । उहाँका अनुसार  जिल्ला प्रहरी कार्यालय सर्लाहीमा एक कार्यक्रमको आयोजना गरि प्रहरी निरिक्षक गिरीलाई सम्मान गरिएको हो ।
प्रहरी निरिक्षक गिरीले बागमती पुलमा माघ ८ गते एक जनाको ज्यान जाने गरी भएको टिपर दुर्घटना र माघ १४ गते सासापुरमा एक जना पैदलयात्रीको ज्यान जाने गरी भएको बस दुर्घटनाका चालकलाई पक्राउ गरी कानूनी दाउरामा ल्याउन सफल भएको, चोरी भएका विभिन्न ७ वटा मोटरसाइकल सम्वन्धित धनीलाई फिर्ता गराउन सफल भएको, ४ जना फरार अभियुक्तहरुलाई पक्राउ गर्न सफल भएको, बागमतीको धरहराबाट १२ जना जुवाडेलाई करिब ५ लाख रकमसहित पक्राउ गर्न सफल भएको भन्दै सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिनु भयो ।
सर्लाही प्रहरीले राम्रो काम गर्ने प्रहरीलाई प्रोत्साहन स्वरुप हरेक महिना उत्कृष्ट प्रहरी घोषणा गरेर सम्मान गर्दै आइरहेको छ । ईलाका प्रहरी काार्यलय हरिवनमा प्रहरी निरिक्षक गिरी प्रमुख भएर आएपछि विभिन्न समयमा चोरी भई नक्कली नम्बर राखेर सञ्चालीत १४ वटा मोटरसाईकलहरु सम्बन्धीत मोटरसाईकल धनीलाई बुझाउने,हरिवनमा गैर कानुनी तरिकाबाट सञ्चालीत होटलहरुको नियमन गर्ने लगायतका कामहरु भएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech