मेडिकल व्यवसायी प्रसाईँद्धारा पत्रकार पौडेललाई ज्यान मार्ने धम्की,महासंघको कडा आपत्ती

गणेश खड्का    प्रकाशित: २०८०-३-३० गते   ४९६ पटक हेरिएको

ललितपुर । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले पत्रकारलाई ज्यान मार्ने धम्की दिएका भन्दै नेपाल पत्रकार महासंघ ललितपुर शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घोर भत्सना गर्दै आपत्ती जनाएको छ । नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सदस्य एवम विकासन्युज डटकमका प्रधान सम्पादक रामकृष्ण पौडेललाई झापाका मेडिकल व्यवसायी प्रसाईंले ज्यान मार्ने धम्की दिएपछि गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घोर भत्सना गरेको नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव रामहरी कार्कीले जानकारी दिए ।

नेपाल पत्रकार महासंघ ललितपुर शाखाका सचिव कार्कीले हस्ताक्षर गरी प्रकाशन गरेको विज्ञप्तीमा“समाचारको विषयलाई लिएर दुर्गा प्रसाईले मिति २०८० असार २९ गते बेलुका ६ः५५ बजे ९८०१०५२२२२ नम्बरबाट फोन गर्दै भने–‘भाइ तिमीले मेरो बारेमा धेरै समाचार बनायौ,तिमीले मलाई चिनेका छैनौं,मसँग निहुँ खोज्नेलाई बाँकी राख्दिनँ,धेरैलाई मैले सिध्याएको छु,मलाई कसैले पनि जित्न सक्दैनन्,बुझ्यौ भाइ,मेरा पछाडि हजारौं मान्छे छन्,भाइ तिम्रो सुरक्षा कसले गर्न सक्छ ?”भनेका छन् ।


“मेडिकल व्यावसायी प्रसाईंले जुन शब्द प्रयोग गरेका छन्,यो उनको दादागिरी हो भन्ने नेपाल पत्रकार महासंघ ललितपुर शाखाको ठहर हो विज्ञप्तीमा उल्लेख गरिएको छ । यो भनाइ फिर्ता लिएर सार्वजनिक माफी माग्न र पत्रकारलाई धम्क्याउने कार्य÷गतिविधि नदोहो¥याउन घोषणा गर्न मेडिकल व्यवसायी प्रसाईंलाई सुझाव दिन्छौ ।यदि यस्ता गतिविधि फेरि दोहोरिए अन्य विकल्पमा जान बाध्य हुनेछौं  । समाचारमाथी चित्त नबुझे कानुनी कारबाहीमा जाने बाटो हुँदा हुँदै पत्रकारकै ज्यान सिध्याइ दिने धम्की दिने शक्ति मेडिकल व्यवसायी प्रसाईंले कहाँबाट पाए ?नेपाल पत्रकार महासंघ ललितपुर शाखा सम्बन्धित निकायसँग यसको जवाफ माग गर्दछ । ”विज्ञप्तीमा उल्लेख छ ।

लोकतान्त्रिक व्यवस्थामा अभिव्यक्ति स्वतन्त्रतामाथि अङ्कुश लगाउन मेडिकल व्यवसायी प्रसाईं सकृय भएको नेपाल पत्रकार महासंघ ललितपुर शाखाले महसुस गरेको छ । “तानाशाही व्यवस्थासँग लडेर गणतन्त्र ल्याउन हाम्रो भूमिका महत्वपूर्ण थियो । हामी सधैं जनताको चाहनाको पक्षमा बलियो गरि उभिन्छौ ।लोकतन्त्र÷गणतन्त्र,सङ्घीयता, समानुपातिक,समावेशीसहित जनताको पक्षमा अनवरत उभिएको पत्रकारको छाता संस्था यस्ता खालका कुनै पनि धम्कीबाट डराउने छैन,बिचलित हुने छैन ।”सचिव कार्कीद्धारा हस्ताक्षर गरि जारी गरिएको विज्ञप्तीमा उल्लेख छ ।
मेडिकल व्यवसायी प्रसाईंको धम्कीपछि पत्रकार पौडेलको सुरक्षा सम्वेदनशीलता थपिएको भन्दै निर्धक्क सूचना सम्प्रेषण गर्ने कार्यमा कुनै रोकतोक नगर्न र भयरहित काम गर्ने वातावरण बनाउन सम्बन्धित सबै पक्षसँग नेपाल पत्रकार महासंघ ललितपुर शाखाले माग गरेको छ । नेपाल सरकार, प्रहरीलगायत निकायलाई पनि विषयबस्तुको सम्वेदनशीलता बुझिदिन हामी जोडदार नेपाल पत्रकार महासंघ ललितपुर शाखाले अपिल गरेको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech