यौनजन्य दुव्र्यवहारको समाचार संकलन गर्न पुगेका पत्रकार अधिकारीमाथी प्रहरीद्धारा दुव्र्यवहार

2.4k Shares

सर्लाहीको लालबन्दीमा रहेको ईलाका प्रहरी कार्यालय लालबन्दीले यौन दुव्र्यवहार घटना सम्बन्धी समाचार संकलन गर्न पुगेका पत्रकारमाथी दुव्र्यवहार गरेको छ । लालबन्दी नगरपालिका ६ स्थित रहेको प्रेमज्योती आधारभुत विद्यालयका एक शिक्षकले विद्यार्थीहरुलाई यौन दुव्र्यवहार गरेको आरोपमा जाहेरी लिएर गएका पीडितले प्रहरीले जाहेरी दर्ता नगरेको गुनासो गरेपछि समाचार संकलनका लागि ईलाका प्रहरी कार्यालय लालबन्दी पुगेका प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)माथी ईलाका प्रहरी कार्यालयकोगेटमा रहेका दुई जना प्रहरी हबल्दारहरुले दुव्र्यवहार गरेका हुन ।
पीडित पत्रकार अधिकारीले पीडितहरुले जोहरी दर्ता नभएको गुनासो गरेपछि सो विषयमा ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी प्रमुख प्रहरी निरिक्षक शान्तराम कार्कीसंग बुझ्न जान खोज्दा गेटबाट ईलाका प्रहरी कार्यालयको प्राङ्गणमा समेत छिर्न नदिएको बताएका छन् । उनका अनुसान आफुले पहिला फोन गर्दा यतै आउनु बसेर छलफल गरौँला भनेर प्रहरी निरिक्षक कार्कीले भनेका र सोही अनुसार ईलाका प्रहरी कार्यालय जाँदा दुई जना हबल्दारहरुले इलाका प्रहरी कार्यालयको प्राङ्गणमा समेत छिर्न नदिई समाचार संकलनमा रोक लगाएका बताए ।
सो विषयमा प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीले एक विज्ञप्ती समेत जारी गरेको छ ।  प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)द्धारा हस्ताक्षरीत प्रेस विज्ञप्तीमा यौनजन्य घटनाको प्रहरीले जाहेरी दर्ता गर्न नमानेको समाचार संकलनका लागि  ईलाका प्रहरी कायार्यलय लालबन्दी,सर्लाही पुगेका प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीका सचिव रमेश अधिकारी(रितिक)लाई समाचार संकलनमा लगाइएको रोक प्रति प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाहीको गंभिर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।
 यौन जन्य घटनाको जाहेरी दर्ता नगरी छलफल गरि मिलाउने प्रहरीले प्रयास गरेको भन्दै पीडित पक्षले गुनासो गरेपछि पुगेका सचिव अधिकारीलाई ईलाका प्रहरी कार्यालय लालबन्दीको गेटमा बसेका प्रहरी हबल्दारहरुले ईलाका प्रहरी कार्यालय प्राङ्गणमा समेत प्रवेश गर्न रोक लागाउनु र यौन जन्य हिंसाको जाहेरी दर्ता नगर्नुले गंभिर ध्यानाकर्षण भएको र यौनजन्य हिंसाका घटनामाथी प्रहरीले सामान्य रुपमा हेरीनुले प्रहरीमाथी शंका उत्पन्न भएको विज्ञप्तीमा उल्लेख गरिएको छ । 
“यस कार्यको प्रेस सेन्टर नेपाल जिल्ला समन्वय समिति सर्लाही घोर निन्दा तथा भत्र्सना गर्नूका साथै दोषी उपर कडा कार्बाहीको माग गदर्छ ।”विज्ञप्तीमा उल्लेख गरिएको छ । साथै स्वतन्त्र रुपमा समाचार सम्प्रेषणमा गरिएको यस हर्कतको खुलेर विरोध गर्नुका साथै सम्बन्धीत पक्षको ध्यानाकर्षण समेत भएको र दोषी उपर कडा कार्बाही गर्न माग समेत गरेको छ । पीडित पत्रकारका अनुसार ईलाका प्रहरी कार्यालय लालबन्दीको गेटमा डिउटी बसेका एक हबल्दार मापसे गरी डिउटी बसेका समेत आरोप लगाए ।

सम्बन्धित समाचार