पर्सा १ सितलपुरबाट २ लाखको कपडा सहित २ जना पक्राउ

दुर्गा कुमारी अधिकारी    प्रकाशित: २०८०-५-१२ गते   ४६६ पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिका १ स्थित सितलपुरबाट भन्सार छलीको पहडा सहित दुई जना मानिस र एउटा मोटरसाइकल नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीबाट खटिएको प्रहरी टोलीले पर्सा गाउँपालिका १ स्थित सितलपुरबाट विआर ०६ एसी ५६५३ नम्बरको भारतिय मोटरसाईकलमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा कपडा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सार्लहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार विआर ०६ एसी ५६५३ नम्बरको भारतिय मोटरसाईकलमा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउँदै गरेको अवस्थामा लत्ताकपडा तीन बोरा अन्दाजी मुल्य रु दुई लाख बराबरको र दुई जना मानिस सहित मोटरसाईकल प्रहरीले नियन्त्रणमा लिएको हो ।
सामान सहित पक्राउ पर्नेमा पर्सा गाउँपालिका १ का अन्दाजी १९ वर्षका निरज यादव र सोही ठाउँका अन्दाजी १४ वर्षका अनिल मण्डल रहेका प्रहरीले जनाएको छ । नियन्त्रणमा लिएका मानिसहरु सहित मोटरसाईकल र लक्ताकपडा आवश्यक अनुसन्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाहीमा राखिएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech