एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका २५ जना विद्यार्थीहरुलाई चन्न्द्रनगरले निःशुल्क कम्प्युटर सिकाउने

177 Shares

सर्लाहीको चन्द्रनगर गाउँपालिकाले एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका २५ जना विद्यार्थीहरुका लागि निःशुल्क कम्प्युटर कक्षा सञ्चालन गर्ने भएको छ ।एसईई र कक्षा १२ को परिक्षा दिएर बसेका २५ जना विद्यार्थीहरुका लागि निःशुल्क कम्प्युटर कक्षा जेठ १० गतेबाट सञ्चालन गर्ने भन्दै जेठ ७ गते भित्र गाउँपालिकाको कार्यालयमा आफ्नो कागजात र निवेदन लिएर आउन भन्दै एक सूचना जारी गरेको हो ।
गाउँपालिकाले कम्प्युटर शिक्षाका लागि निवेदन,नागरिकता वा जन्मदर्ताको प्रतिलिपि,एसईई वा कक्षा १२ को परीक्षामा सहभागी भएको प्रवेश पत्र वा विद्यालयको सिफारिस आवश्यक रहेको सूचनामा उल्लेख गरिएको छ ।गाउँपालिका भरीका एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका विद्यार्थीहरुबाट आवेदन माग गरिएको भएपनि २५ जना लाई यस वर्ष सहभागी गराउने गाउँपालिका अध्यक्ष राजकुमार महतोले जानकारी दिए ।उनले यस वर्षबाट सुरु गरिएको कक्षा भएकाले पहिलो चरणमा २५ जना विद्यार्थीहरुलाई मात्र सहभागी गराइने आगामी वर्षबाट गाउँपालिका भरीका एसईई र कक्षा १२ को परीक्षा दिएर बसेका सबै विद्यार्थीहरुलाई सहभागी गराउने तयारी गरिएको बताए ।

सम्बन्धित समाचार