सर्लाहीको ईश्वरपुर नगरपालिका ६ स्थित कलटोलबाट ठुलो मात्रामा भन्सार छलीको चिनी शसस्त्र प्रहरीले बरामद् गरेको छ ।ईश्वरपुर नगरपालिका ६ स्थित कलटोलमा रहेको एक गोदाममा छिमेकी देश भारतबाट भन्सार छली चिनी ल्याई लुकाई छिपाई राखिएको विशेष सुचनाको आधारमा पुगेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा.गण सर्लाही र शसस्त्र प्रहरी बल नेपाल प्रस्तावित सिमा सुरक्षा गुल्म मलंगवाबाट खटिएको शसस्त्र प्रहरीको संयुक्त टोलीले एक सय ५२ बोरा भन्सार छलीको चिनी बरामद् गरेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीका गणपति एवम शसस्त्र प्रहरी उपरीक्षक विनोदराज खनालले जानकारी दिए ।
उनका अनुसार ईश्वरपुर नगरपालिका ६ स्थित कल टोलबाट एक सय ५२ बोरा भन्सार छलीको चिनी बरामद् भएको हो । बरामद् भएको चिनी आवश्यक कार्बाहीको लागि सर्लाही भन्सार कार्यालय पठाउने तयारी भई रहेको शसस्त्र प्रहरी बल नेपाल नम्बर १० हे.क्वा. गण सर्लाहीले जनाएको छ ।
जिल्लाको पुर्वी नाकाहरु संग्रामपुर,नारायणपुर र पर्साका साथै त्रिभुवननगर र मलंगवाका क्षेत्रबाट ठूलो मात्रामा तस्करी भएको पाइएको भन्दै शसस्त्र प्रहरीले निगरानी बढाएको छ।जिल्लाको पुर्वी नाका संग्रामपुर नारायणपुर र पर्साका साथै त्रिभुवननगर र मलंगवाका नाकाहरुबाट व्यापारीहरुले भन्सार छली कपडा,चिनी,काजु,हार्डवेयरका सामानहरु,किरानाका सामानहरु,मोटर पार्टसहरुका र विजुलीका सामानहरुका साथै चामल,दाल,सख्खर र मसला व्यापक मात्रामा तस्करी भई रहेको एक व्यापारीले बताए।
उनका अनुसार सदाम,नने,नेराजुल,सेराजुल,सन्तोष,उमेश,विजय,पुकार,अजय,दिनेश,रमेश,नरेश,हुसेनी,संगिता,लगायतका करिब एक दर्जन बढी व्यापारीहरुले सिमामा रहेको सुरक्षाकर्मीहरुलाई प्रलोभनमा पारेर भारतबाट भारतबाट भन्सार छली कपडा,चिनी,काजु,हार्डवेयरका सामानहरु,विजुलीका सामानहरु,किरानाका सामानहरु र मोटर पार्टसहरुका साथै विजुलीका सामानहरु र चामल,दाल,सख्खर र मसला लगायतका सामानहरु भन्सार छली नेपाल ल्याउने र नेपालबाट कस्मेटिकका सामानहरु,मद्यिरा,चाईनिज लाईटर र कवाडी भन्सार छली भारतीय बजारहरुमा पुर्याउने गरेका पाईएको छ ।