माओवादी केन्द्रले फागुन १२ गतेबाट हुलाकी राजमार्ग जनजागरण अभियान सुरु गर्ने

307 Shares

नेकपा (माओवादी केन्द्र)ले फागुन १२ गतेबाट पुर्वको झापा देखि हुलाकी राजमार्ग जनजागरण अभियान सुरु गर्ने भएको छ।सोही क्रममा माओवादी केन्द्र जिल्ला समन्वय समिति सर्लाहीले बैठक गरी हुलाकी राजमार्ग जनजागरण अभियान सफल पार्ने रणनीतिक योजना समेत बनाएको छ ।
(माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा सर्लाही जिल्ला इन्चार्ज अच्युतम प्रसाद काफ्लेको अध्यक्षता तथा केन्द्रीय सदस्यहरुको विशष उपस्थितिमा बसेको बैठकमा फागुन १२ गतेदेखि पार्टीले सञ्चालन गर्ने हुलाकी राजमार्ग जनजागरण अभियानको तयारीको बारेमा छलफल भएको जिल्ला इञ्चार्ज काफ्लेले जानकारी दिए।पार्टीले फागुन १२ गतेबाट पूर्वको झापादेखि शुरु गर्ने हुलाकी राजमार्ग जनजागरण अभियान सफल बनाउन पार्टी निकटका जिल्लाका पालिकाका अध्यक्षहरु,पार्टीका सबै जनवर्गीय संगठनहरुका इन्चार्जहरु तथा संयोजकहरुसँग छलफल गरिएको छ ।
यस अघिको कार्यक्रम तालिका अनुसार सर्लाहीमा कतिगते कार्यक्रम गर्ने भन्ने अन्यौता रहेकोमा फागुन २२ गते सर्लाहीको जनसभा गर्ने तय भएको माओवादी केन्द्र सर्लाहीका इन्चार्ज काफ्लेले जानकारी दिए । उनका अनुसार माओवादी केन्द्रका अध्यक्ष एवम निवर्तमान प्रधानमन्त्री पुष्प कमल दाहाल(प्रचण्ड) महोत्तरीबाट फागुन २१ गते सर्लाही प्रवेश गर्ने र सर्लाहीका विभिन्न गाउँहरुमा नेता कार्यकर्ता तथा स्थानीयलाई भेट्दै फागुन २२ गते मलंगवामा पार्टी प्रवेश तथा जन सभा गर्ने साथै सोही दिन मलंगवा पश्चीमका हुलाकी रामाजर्गहरुसंग जोडिएका स्थानीय तहहरुका नेताकार्यकर्ताहरु र स्थानीयलाई भेट्दै रौतहट प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।
अभिायन सफल रुपमा सम्पन्न पार्न हुलाकी राजमार्गसंग जोडिएका पालिकाका माओवादी केन्द्रका नेता तथा कार्यकर्ताहरु सुरुबाटै र जिल्लाका अन्य पालिकाका नेता तथा कार्यकर्ताहरु मलंगावमा हुने फागुन २२ गतेको जनसभामा जोडिने तयारी भएको समेत जानकारी दिए ।

सम्बन्धित समाचार