आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ मा विभिन्न तीनवटा पार्टीको संयुत्त प्यानलबाट उम्मेदवारी दिएका विकाश कुमार ठाकुरले आफ्नो उम्मेदवारी फिर्ता लिएर नेपाली कांग्रेसका उम्मेदवारलाई सर्मथन गरेका छन् ।
राजेन्द्र महत्तोको राष्ट्रिय मुक्ती पार्टी,अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी(जसपा) र रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ती पार्टीको संयुत्त प्यानलबाट सर्लाही क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवारी दिएका ठाकुरले नेपाली कांग्रेसका उम्मेदवार शम्भुलाल श्रेष्ठलाई समर्थन गरेका नेपाली कांग्रेस निकट नेपाल तरुण दलका केन्द्रीय सदस्य विभुसिंह थापाले जानकारी दिए ।
उनका अनुसार नेपाली कांग्रेसबाटै राजनीति सुरु गरेका ठाकुरले आफ्नो उम्मेदवारी फिर्ता लिएर कांग्रेसका उम्मेदवार श्रेष्ठलाई नै समर्थन गरेका हुन।उनी जाँतो चुनाव चिन्ह लिएर चुनावी मैदानमा होमिएका थिए ।