लालबन्दी र हरिपुरमा सडक र मन्दीर सरसफाई, २ जिल्लामा पशुबली विरुद्ध सचेतना

347 Shares

सर्लाहीको लालबन्दी नगरपालिका १५ देउराली र हरिपुर नगरपालिका १ हजार बिघामा स्थानीय युवाहरुले गाउँटोलको सडक सरसफाई गरेका छन् ।नेपालीहरुको महान चाड बढा दशैँको अवसरमा लालबन्दी नगरपालिका १५ देउराली र हरिपुर नगरपालिका १ हजार बिघामा स्थानीय युवाहरुले गाउँटोलको सडक सरसफाई गरेका हरिपुर नगरपालिका १ का वडा अध्यक्ष नानिबाबु थापाले जानकारी दिए ।
लालबन्दी नगपालिका १५ देउरालीका स्थानीय युवाहरुले देउरालीदेखि सिद्धेश्वर महादेव मन्दिरसम्मको सडकको दायाँ बायाँका झ्याडी,बुट्यान फाँडेका स्थानीय राजेश थापा मगरले जानकारी दिए ।चाडपर्वलाई लक्षित गरी हरिपुर नगरपालिका १ हजार बिघाको करिव एक किलोमिटर गाउँको भित्री सडक सरसफाई गरिएको हो ।
त्यस्तै इलाका प्रहरी कार्यालय लालबन्दीको आयोजनामा जनप्रतिनिधिसहित अन्य सरोकारवालाको सहभागितामा लालबन्दी नगरपालिका ७ स्थित डुमडुमे मन्दिर परिसरमा पनि सरसफाई गरिएको लालबन्दी नगरपालिका ७ का वडा अध्यक्ष कृष्ण गोपाल कार्कीले जानकारी दिए ।उनका अनुसार समाजमा सकारात्मक सन्देश प्रवाह गर्न सामाजिक काम गरिएको हो ।
त्यसैगरी चाडपर्वको समयमा हुने पशुबली विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको छ ।“प्राणी हिंसा आजै त्यागौँ,हत्या,हिंसा,काटमार रहीत दशैँ मनाऔँ,आफू पनि बाचौँ,प्राणीलाई पनि बचाऊँ”भन्ने नारासहित पशुबली त्याग्न अपिल गर्दै सर्लाही र रौतहटमा अभियान सञ्चालन गरिएको हो ।श्रीकृष्ण प्राणामी युवा परिषद् सर्लाही र रौतहटको संयुक्त आयोजनामा दुई जिल्लाका विभिन्न ठाउँमा पशुबलीविरुद्ध सचेतना अभियान चलाइएको आयोजकले जनाएको छ।

यो अभियान अन्तर्गत सर्लाहीको बरहथवा,छटौल,नवलपुर,हरिवन,नयाँरोड,कविलासी र जमुनियालगायत रौतहटको चन्द्रनिगाहपुरमा प्ले कार्डसहित कार्यक्रम गरी विभिन्न मठमन्दिरको परिक्रमा गरिएको हो।नजिकिँदो मुख्य चाडपर्वमा पशुबली धेरै चढाइने भएकाले त्यसलाइ रोक्ने उद्देश्यसहित सर्लाही र रौतहट दुवै जिल्लामा निरन्तर अभियान सञ्चालन गरिएको श्रीकृष्ण प्राणामी युवा परिषद्ले जनाएको छ ।पशुको बाँच्ने अधिकार रहेको भन्दै पशुबली देखासिखी र होटबाजी भएको भन्दै पशुबली विरुद्ध सचेतनामूलक अभियान सञ्चालन गरिएको हो ।

सम्बन्धित समाचार