सालको काठ,अटो र मानिस सहित पक्राउ

2.9k Shares

सर्लाहीको ईश्वरपुर नगरपालिका ६ बाट प्रहरीले गस्ती गर्ने क्रममा सालको चिरान काठ सहित २ जनालाई नियन्त्रणमा लिएको छ । ईलाका प्रहरी कार्यालय बयलवासबाट खटिएको प्रहरी टोलीले ईश्वरपुर नगरपालिका ६ बयलवासबाट  १८ थान सालको चिरान काठ  ना. २ ह ८५७६ नं को अटो र त्यसका चालक तथा सवार सहित २ जनालाई नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासका प्रहरी प्रमुख प्रहरी निरिक्षक जनकराज ढुंगानाले जानकारी दिनु भयो ।
पक्राउ पर्नेहरुमा ईश्वरपुर नगरपालिका ४ का अन्दाजी वर्ष–३८ का वीर बहादुर पाख्रिन र सो अटोमा सवार ईश्वरपुर नगरपालिका ४ का  अन्दाजी वर्ष ३८ का रूद्र लामा रहेका छन् । नियन्त्रणमा लिएको उक्त १८ थान सालको चिरान काठ १५.७ कियुबिक फिट अन्दाजी रू ५५ हजार बराबरको रहेको नियन्त्रणमा लिएको अटो सहित मानिस र काठ आवश्यक कारवाहीको लागी डिभिजन वन कार्यालय सर्लाहीलाई पठाईएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय केशरगन्ज,बयलवासमा प्रहरी प्रमुख भएरु प्रहरी निरिक्षक ढुंगाना आएपछि सोक्षेत्रमा गैर कानुनी तथा अवैध क्रियाकलाप गर्नेहरुको निद हराम भएको छ । 

सम्बन्धित समाचार