व्यापक आर्थिक अनियमितता भएको भन्दै दुर्गा भगवती विरुद्ध संसदीय समितिमा उजुरी

276 Shares

रौतहटको दुर्गा भगवती गाउँपालिकामा व्यापक आर्थिक अनियमितता भएको भन्दै संसदीय समितिमा उजुरी परेको छ ।प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिमा रौतहटको दुर्गाभगवती गाउँपालिकामा व्यापक आर्थिक अनियमितता तथा भ्रष्टाचार भएको भन्दै उजुरी परेको हो ।स्थानीय लालबाबु महतोले दुर्गा भगवती गाउँपालिकामा भइरहेको व्यापक आर्थिक अनियमितता तथा भ्रष्टाचारमा संलग्नमाथि आवश्यक छानबिन गरी कारबाही गर्न समितिमा उजुरी दिएका समिति सचिवालयले जनाएको छ। समितिका अनुसार महतोले समितिमा दिएको उजुरी बिहीबारको समितिको बैठकमा उपस्थित सांसदहरूलाई वितरण गरिएको छ ।
दुर्गा भगवती गाउँपालिका कार्यालय र दुर्गा भगवती गाउँपालिका ३ को कार्यालयले विभिन्न गैर कानुनी कार्य गरेको, व्यापक अनियमितता एवम भ्रष्टाचारजन्य कार्य गरी सार्वजनिक सम्पत्तिमा हानि नोक्सानी गरेको महतोले दिएको उजुरीमा उल्लेख गरिएको छ।गाउँपालिकामा भइरहेको आर्थिक अनियमितता र भ्रष्टाचाका बारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिइएको भए पनि अहिलसम्म कुनै कारबाही नभएको उजुरीमा उल्लेख गरिएको छ। उजुरीकर्ताहरूमाथि नै पछिल्लो समय विभिन्न धाकधम्की आउने गरेकोले असुरक्षाको अवस्था सिर्जना भएको भन्दै महतोले पालिकाका सम्बन्धित व्यक्तिलाई समितिमा झिकाएर आवश्यक छानबिन गरी कारबाही गर्न माग गरेका छन् ।सामाजिक सुरक्षाभत्ता वितरण, शिक्षक नियुक्ति र  विकास निर्माणको टेन्डर प्रक्रिया लगायतमा आर्थिक अनियमितता भएको उजुरीमा उल्लेख गरिएको छ ।
यता,सो सम्बन्धमा बुझ्न दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष शम्भु प्रसाद सिंहलाई सोध्दा उनले विपक्षीको काम दुःख दिने हो सोही अनुसार दुःख दिई रहेका छन् भन्दै छोटो जवाफ दिए ।तर दुर्गा भगवती गाउँपालिकाको आर्थिक अनियमितता तथा सामाजिक सुरक्षा भक्ता वितरणमा भएको मनलाग्दीका साथै शिक्षकहरु नियुक्ती लगायतका विषयमा विभिन्न समयमा समाचारहरु प्रकाशन हुनुका साथै धेरै पटक अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको भएपनि त्यहाँ समेत आर्थिक चलखेल गरि वेवास्था गरिएको स्थानीयबाट पटक पटक गुनासो आएको थियो ।
यता,केही समय पहिला दुर्गा भगवती  गाउँपालिकाका जनप्रतिनिधिले स्थानीय प्रहरी चौकीका प्रमुख माथि समेत कुटपिट गरेका भएपनि आर्थिक प्रलोभनमा पारेर ती जनप्रतिनिधिलाई कुनै किसिमको कार्बाही नभएको समेत पाइएको छ ।गाउँपालिका अध्यक्ष सिंह र दुर्गा भगवती गाउँपालिका ३ का वडा अध्यक्ष धर्मेन्द्र कुमार झा मिलेर उमेर १७ वर्ष सम्म बढाएर तथा सेवा निवृत कर्मचारीहरुका साथै श्रीमान भएकालाई विद्युवा र श्रीमती भएकालाई विदुर बनाएर सामाजिक सुरक्षा भक्ता वितरण गरेका पाइएको छ ।विकास निर्माणका काममा वडा अध्यक्ष झा र गाउँपालिका अध्यक्ष सिंह मिलेर फर्जि उपभोत्ता समिति  खडा गर्ने,कामै नगरी भुक्तानी लिने  र गाउँपालिकाबाट प्रवाह हुने सेवा सुविधाहरुमा पार्टीगत तथा जातिगत रुपमा काम गर्ने गरेका समेत गुनासाहरु पटक पटक आएका भएपनि सो विषयमा जिज्ञासा राख्दा विभिन्न किसिमका धाक धम्कीहरु समेत आउने गरेका स्थानीयको गुनासो छ ।

सम्बन्धित समाचार