बागमती ५ काे जनता नमुना माविद्वारा छात्रवृत्ति वितरण

952 Shares

सर्लाहीको बागमती नगरपालिका ५ स्थित साेल्टी बजारमा रहेकाे जनता नमुना माविले कक्षा १ देखि ८ सम्म अध्यायन गर्ने विद्यार्थीहरुलाई चालु शैक्षिकसत्र २०८१ काे छात्रवृत्ति वितरण गरेकाे छ ।

कक्षा १ देखि ८ सम्म अध्यायन गर्ने पाँच सय ८७ जना सबै विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरिएको जनता नमुना मावि बागमती ५ साेल्टी बजारका प्रधानाध्यापक लाेकनाथ दाहालले जानकारी दिए । उनका अनुसार छात्रवृत्ति वितरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलहरी पाेख्रेल(ध्रुव) सहित अभिभावकहरुकाे सहभागीता रहेकाे थियाे ।

विद्यार्थीहरुकाे मनाेवल बढाउन र सामुदायिक विद्यालयप्रति विद्यार्थी तथा अभिभावकहरुकाे आकर्षण बढाउन विद्यालयले समय समयमा यस प्रकारका कार्यक्रमहरु गरिरहेकाे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खिलहरी पाेख्रेल(ध्रुव)ले बताए ।

सम्बन्धित समाचार