मधेश प्रदेश मै पहिलो संसदिय अभ्यास गर्दै लालबन्दी,जनप्रतिनिधिहरु दंङ्ग

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-९-२८ गते   २४१३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिकाले मधेश प्रदेश मै पहिलो पटक संसदीय अभ्यास सुरु गरेको छ ।लालबन्दी नगरपालिकाले आफ्नो नवौँ नगर सभाबाट मधेश प्रदेश मै पहिलो पटक संसदीय  अभ्यास सुरु गरेको हो ।
नगर सभा चल्दै गरेको दृश्य हेर्दा संघीय संसदमै प्रवेश गरेको अनुभुती भईरहेको सभामा सहभागीहरु जनप्रतिनिधिहरुले बताए । पुस २२ बाट  सुरु भएको लालबन्दी नगरपालिकाले नवौं अधिवेशनमा विभिन्न ९ वटा विधेयक माथि छलफल गरि निर्णयार्थ प्रस्तुत गरिएकोमा ६ वटा विधयेक पारित भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तारानाथ लुईटेलले जानकारी दिए । 
उनका अनुसार लालबन्दी नगरपालिकाको विधेयक अधिवेशनमा संस्था दर्ता विधेयक ,सावारी तथा यातायात विधेयक,फोहोरमैला व्यवस्थापन विधेयक,जलश्रोत संरक्षण तथा व्यवस्थापन विधेयक,भू उपयोग विधेयक र नगरको संगठन तथ व्यवस्था सर्वेक्षण प्रतिवेदन २०७९  छलफल गरि  पारित गरिएको हो भने खेलकुद व्यवस्थापन विधेयक,आन्तरिक कार्यप्रणाली नियन्त्रण विधेयक र नगरपालिकाको भवन निर्माण तथा नीयम मापदण्ड २०७९ माथि छलफल सुरु भएको हो ।
पुस ३० गते हुने दोस्रो बैठका लागि थप ३ वटा विधेयक प्रस्तुत भएको लालबन्दी नगरपालिकाका नगर प्रमुख वासुदेव अधिकारीले बताए । उनका अनुसार पुस २६ गते प्रस्तुत खेलकुद व्यवस्थापन विधेयक,आन्तरिक कार्यप्रणाली नियन्त्रण विधेयक र नगरपालिकाको भवन निर्माण तथा नियम मापदण्ड २०७९ छलफलका लागि प्रस्तुत भएको र शनिबार हुने नगर अधिवेशनबाट यी विधेयक पनि पारित हुने छ ।
 लालबन्दी नगरपालिकाका नगर प्रवक्ता एवम लालबन्दी नगरपालिका १६ का वडाध्यक्ष  गणेश बहादुर थापाले नगर सभामा संसदीय अभ्यास भएकाले आफुलाई धेरै  खुसी लागेको बताए । उनले मधेश प्रदेश सरकारले बनाएको गाउँ सभा÷नगर सभा ÷जिल्ला सभाकार्य सञ्चालन कार्यविधि ऐन २०७७ अनुसार लालबन्दी नगरपालिकाले मधेश प्रदेश मै पहिलो पटक संसदीय अभ्यास गरेको हो ।
नगर अधिवेशनबाट पारित भएका ६ वटा विधेयकलाई प्रमाणीकरण अभिमुखिकरण तथा राजपत्रमा प्रकाशित गर्न सभाध्यक्ष तथा लालबन्दी नगरपालिकाका नगर प्रमुख अधिकारीले सचिवालयलाई निर्देशन दिई सकेका प्रमुख प्रशासकिय अधिकृत लुईटेलले बताए ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech