कार र मोटरसाईकल ठोक्कीँदा तीन जना घाईते

182 Shares

पुर्व पश्चीम रजामार्ग अन्र्तगत सर्लाहीको लालबन्दी नगरपालिका–७ लालबन्दी बजारमा सोमबार साँझ मोटरसाईकल र कार ठोक्कीँदा तीनजना घाईते भएका छन्।पश्चीमबाट पुर्व तर्फ आउँदै गरेकोे बागमती प्रदेश ०१–०२८ च ५९६४ नम्बरको कार र सोही दिशा तर्फ आउँदै गरेको बागमती प्रदेश ०२–४१ प ११७४ नम्बरको मोटरसाईकल ठोक्कीँदा मोटरसाईकलमा सवार तीन जना घाईते भएका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाईकल र कार ठोक्कीँदा मोटरसाईकलमा सवार सर्लाहीको लालबन्दी नगरपालिका–११ हिरापुर बस्ने अन्दाजी वर्ष २६ का भुवन गोले,सोही ठाउँका अन्दाजी वर्ष ३२ का सविर बैठा र अर्का अन्दाजी वर्ष ३० का कमल स्याङ्तान घाईते भएका छन् ।घाईते तीनजना मध्य भुवन गम्भीर घाईते भएकाले स्थानीय स्वास्थ्य संस्थामा प्राथमिक उपचारपछि थप उपचारका लागि अन्यन्त्र पठाईएको छ भने अन्य दुई जनाको लालबन्दी मै उपचार भई रहेको छ भने दुर्घटनामा संग्लग्न सवारी साधनहरु ईलाका प्रहरी कार्यालय लालबन्दीको नियन्त्रणमा रहेका छन् ।

सम्बन्धित समाचार