Close This

श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान,ससुरा र देवर पक्राउ

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-४-६ गते   ३१० पटक हेरिएको

सर्लाहीको पर्सा गाउँपालिका १ मा ज्यान मार्ने उद्योग मुद्धामा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पर्सा गाउँपलिका १ मा आफ्नै श्रीमतीको हत्या गरि खाल्डोमा पुरेको आरोपमा श्रीमानसहित तीनजना पक्राउ गरिएको सर्लाही प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेमा जिल्लाको पर्सा गाउँपालिका १ बस्ने रमजेशकुमार यादव(बालदत),उनका बुवा रामप्रताप यादव र भाइ राजु यादव रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक प्रविण पोख्रेलले जानकारी दिनु भयो । उहाँका अनुसार तीनै जनाले मिलेर रमजेशकी २० वर्षकी श्रीमती निशाको हत्या गरि घरदेखि ४ किलोमिटर पूर्व आफ्नै जग्गामा गाडेको अवस्थामा शव फेला परेको थियो । त्यसपश्चात जेठ २२ मा निशा हराएको भन्दै खोजिदिन उनका बुवा कैलाश राय र उनका ससुरा राम प्रतापले जेठ २४ गते प्रहरीमा निवेदन दिएका थिए। घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech