“जेन जी”आन्दोलनमा ज्यान गुमाएका परिवारलाई मधेश सरकारले क्षतिपूर्ति दिने

226 Shares

“जेन जी”आन्दोलनमा ज्यान गुमाएका मधेश प्रदेशका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले क्षतिपूर्ति उपलब्ध गराउने जनाएको छ।भदौ २३ र २४ गतेको देशव्यापी रुपमा भएको आन्दोलनको क्रममा मधेश प्रदेशबाट सहभागी भएर ज्यान गुमाएका मृतकका परिवारलाई मधेश प्रदेश सरकारले रु दुई लाख ५० हजार दिने निर्णय गरेको हो ।
त्यस्तै,आन्दोलनका क्रममा भएको भौतिक तथा मानवीय क्षतिको घटनाप्रति दुःख व्यक्त गर्दै शान्तिपूर्ण आन्दोलनमा भएको तोडफोड,आगजनी र सम्पत्तिमा क्षति पु¥याउने व्यक्तिहरुको पहिचान गरी कानुनी कारबाही अघि बढाउने निर्णय भएको मधेश प्रदेश सरकारले जनाएको छ।
सुशासन र भ्रष्टाचार विरुद्धका मागलाई सम्बोधन गर्नुपर्ने भन्दै “जेन जी”पुस्ताको आवाज उठेको थियो।तर तत्कालीन सरकारले अन्दाधुन्द गोली चलाउँदा हाल सम्म ७४ जनाको ज्यान गएको छ ।

सम्बन्धित समाचार