Close This

मोडेल अस्पतालमा फेरी विवाद,उपचार खर्च मिनाहा पछि गोलेको शव आफन्तले बुझे

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-२-३१ गते   १९९९ पटक हेरिएको

 सर्लाहीको लालबन्दी नगरपालिका ६ मा रहेको लालबन्दी मोडेल अस्पतालमा उपचार पछि इश्वरपुर नगरपालिका १२ कालिन्जोरकी एक महिलाको ज्यान गएको छ । इश्वरपुर नगरपालिका १२ कालिन्जोरकी सुकुमाया गोलेको लालबन्दी नगरपालिका ६ मा रहेको लालबन्दी मोडेल अस्पतालमा उपचार पछि ज्यान गएको भन्दै पीडित र स्थानियले शव नबुझेपछि सो रहस्य बाहिरिएको हो ।
सर्लाहीको ईश्वरपुर नगरपालिका १२ कालिन्जोर की अन्दाजी वर्ष ४७ कि गोले जेठ २६ गते लालबन्दी मोडेल हस्पतालमा भर्ना भएर जेठ २९ गते डिस्चार्ज भएकी थिएन । उनलाई घरमा पुगेपछि फेरी स्वास्थ्य समस्या देखिएपछि जेठ ३० गते उनका आफ्न्तले अस्पतालमा ल्याएका भएपनि उनलाई अस्पतालले काठमाण्डौँ  रेफर गरेको थियो । जेठ ३० गते  थप उपचारको लागि काठमाडौं  रेफर  गरिएकोमा गोलेको बाटा मै ज्यान गएपछि पीडित पक्षले मोडेल अस्पतालको लापर्बाहीले आफ्ना मान्छेको ज्यान गएको भन्दै उचित क्षेती पुर्तीको माग गरेका थिए ।
केही समय अस्पताल परिसरमा पीडित पक्ष र गाउँलेको भिड लागेको भएपनि ईलाका प्रहरी कार्यालय लालबन्दीमा पीडित पक्ष,जनप्रतिनिधिहरु,अस्पताल प्रशासन र प्रहरीको त्रिपक्षिय सहमतीबाट अस्पतालमा गोलेको उपचार खर्च सम्पुर्ण मिनाह गर्ने सहमती भएपछि मृतकको शव परिवारले बुझेका इश्वरपुर नगरपालिकाका नगर प्रमुख मनोज कुमार आचार्यले जानकारी दिनु भयो । गोलेको उपचारमा रु ६८ हजार लागेकोमा अस्पताल प्रशासनले सबै रकम छुट दिएको अस्पताल प्रशासनले जनाएको छ ।
मोडेल अस्पताल पछिल्लो समय सबैभन्दा विवादमा आउने सर्लाही जिल्लाकै उत्कृष्ट अस्पताल बनेको छ । सामान्य विषयको समेत व्यावस्थापनमा अस्पताल प्रशासनले गंभिर रुपमा नलिँदा सोअस्पताल विवादीत बन्दै गएको हो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech