नेपाली सेनाको मुख्यालय जंगी अड्डामा आफूहरुको माग सुनाउन गएका “जेन जी” प्रतिनिधि नै विभाजित भएका छन्।१५ जनाभन्दा बढीको संख्यामा नेपाली सेनाको मुख्यालय जंगी अड्डा प्रवेश गरेका उनीहरु देशको भविष्य गणतन्त्र वा राजतन्त्र के हुने भन्नेमा विभाजित भएका पाइएको छ ।
“आन्दोलनको न्यूनतम मर्मविरुद्ध छलफल अघि बढाइन थालेपछि आफू र केही साथीहरु बाहिरिएको”जंगी अड्डामा चलिरहेको छलफलबाट बाहिर निस्किएकी रक्षा बमले बताईन्। उनको संकेत छलफलमा राजतन्त्र फर्काउने प्रस्ताव गरिएको छ।बुधबार जंगी अड्डा पुगेका “जेनजी” प्रतिनिधिलाई सुरुमा प्रधानसेनापति महारथी अशोकराज सिग्देलले धेरैजना वार्तामा बस्दा कठिनाइ हुने भन्दै पहिले एकमत भएर आउन समय दिएका थिए।प्रधानसेनापति सिग्देलले “जेन जी”कोतर्फबाट वार्ताका लागि संयोजक समेत तोकेर आउन आग्रह गरेका नेपाली सेनाको मुख्यालय जंगी अड्डा स्रोतले जनाएको छ ।
त्यसपछि जंगी अड्डाभित्रै एउटा हलमा“जेन जी”प्रतिनिधिहरु छलफलका लागि बसेकामा एकमत हुन नसकी स्पष्ट दुई कित्तामा बाँडिएका थिए।स्रोतका अनुसार,एउटा पक्षले संघीयता र धर्मनिरपेक्षता हटाउनुपर्ने भन्दै राजा फर्काउनुपर्ने प्रस्ताव गरेका थिए ।भने अर्को पक्षले चाहिँ “जेन जी”ले गणतन्त्रको विकल्प नखोजेको भन्दै यसका नेताहरुको शैलीप्रति आन्दोलन लक्षित भएको जिकिर गरेका थिए ।
यो व्यवस्था विरुद्धको आन्दोलन थिएन,यही व्यवस्थाबाट निकास दिने हो।हामीले यसलाई नै सुधार्दै जाने हो एक पक्षको अडान थियो भने गणतन्त्रलाई नै सुधार गर्दै जाने पक्षमा बोल्दा राजावादी पक्षमा रहेकाहरुले रोकेर स्वतन्त्र र स्वीकार्य व्यक्तिको नेतृत्वमा नागरिक सरकार गठन हुनुपर्ने मत राखेका थिए ।स्रोतका अनुसार, सानो संख्यामा रहेका केही “जेन जी”युवाले अहिलेकै संसद्बाट निकास निकाल्नुपर्ने मत समेत राखेका थिए।तर, अधिकांशले त्यो प्रस्तावलाई अस्वीकार गरेको स्रोतको दाबी छ ।स्रोतका अनुसार, नेपाली सेनाले चाहिँ अहिले वार्ता चलिरहँदा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र दुर्गा प्रसाईं समेट्न खोजेको “जेन जी”युवाहरुको आरोप छ ।
भोलि फेरि कुनै पनि हिसाबले समस्या नबल्झियोस् भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) र दुर्गा प्रसाईं समेट्न खोजेको “जेन जी”युवाहरुको आरोप छ।तर संवादबाटै समस्याको समाधान निकाल्नुपर्ने नेपाली सेनाका उच्च अधिकृतहरुले बताइरहेका छन्।त्यसका लागि सेनाले सहजीकरण मात्र गर्ने उनीहरुले बताए।सैनिक मुख्यालयमा भएको छलफलपछि एक किमिसको एकमत बनाएर राष्ट्रपति कहाँ संवाद हुने सैनिक अधिकारीहरु बताउँछन् ।त्यसैगरी,राष्ट्रपति कार्यालयले विज्ञप्ति जारी गर्दै “जेन जी” समूहलाई वार्तामा आउन आव्हान गरेको थियो।त्यसक्रममा धेरै समूहले आफूहरु “जेन जी” समूहको प्रतिनिधि भएको भन्दै राष्ट्रपति कार्यालय र नेपाली सेनासँग सम्पर्क गरेका थिए ।
“नेतृत्व नभएका कारण जो कोहीले दाबी गर्दै सम्पर्क गर्न थाले,त्यसक्रममा वार्ता गर्ने ठाउँमा बस्नेको संख्या धेरै भयो।”एक “जेन जी” युवाले बताए।“त्यही कारण अहिले मतभेद देखिएको हो,तर यसलाई सच्याउनुपर्छ,हामीले गणतन्त्रको विकल्प खोजेका होइनौं।”उनले भने ।भ्रष्टाचार विरुद्ध “जेन जी” युवाहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका बेला सरकारले फेसबुक लगायतका २५ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध लगाएको थियो।त्यसपछि “नेपोनेविज” अभियान चलाइरहेका युवाले सडक प्रदर्शन घोषणा गरेका थिए ।
सोमबार भएको प्रदर्शनका क्रममा प्रहरीले अत्यधिक बल प्रयोग गर्दा कम्तिमा २५ जना मारिएका थिए,भने चार सय जना भन्दा बढी घाइते भएका स्रोतको दाबी छ ।मंगलबार प्रशासनको कफ्र्यु आदेश जारी गरेपनि “जेन जी” युवा सुरक्षा घेरा तोडेर बानेश्वरस्थित संसद् भवन प्रवेश गरेका थिए।संसद् भवनमा आगजनी भएपछि “जेन जी”युवाहरु नाराबाजीसहित अन्यत्र हिँडेका थिए।पछि मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार र सर्वोच्च अदालत लगायतका स्थानमा समेत तोडफोड र आगजनी भएको थियो ।
तनावको स्थिति सिर्जना भएपछि अपरान्ह सैनिक सूचना तथा जनसम्पर्क निर्देशनालयले विज्ञप्ति जारी गरेर“विषम परिस्थितिमा देशको ऐतिहासिक,सांस्कृतिक,पुरातात्विक र राष्ट्रिय सम्पत्तिको संरक्षण गर्नु हामी सबैको साझा दायित्व” रहेको बताउँदै मंगलबार रातीदेखि सेना परिचालन गरेको थियो ।स्रोतका अनुसार“जेन जी”युवाहरु नेतृत्व विहिन हुँदा ठूलो भौतिक तथा मानविजय क्षेती भएको थियो भने “जेन जी”युवाहरुको आन्दोलनमा घुसपेठ भएको उनीहरुले दाबी गरेका छन् ।