प्रदेश २ की प्रदेश सभा सदस्य निरा कुमारी साहले शारीरिक सर्लाहीका ३२ जना अपांगता भएका मानिसहरूलाई ह्वील चेयर सहयोग गर्नु भएको छ । उहाँले जिल्लाका अन्य विभिन्न संघ÷संस्था तथा विद्यालयहरुलाई खेलकुद सामग्री समेत वितरण गर्नु भएको उहाँको सचिवालयले जनाएको छ ।
जिल्लाको इश्वरपुर नगरपालिका स्थित गल्ला व्यापार संघमा भएको कार्यक्रममा प्रदेश सभा सदस्य साहले निर्वाचन क्षेत्र विकास कोषको रकमबाट ह्वील चेयर तथा खेलकुद सामग्रीहरु वितरण गर्नुभएको हो ।
मोप्प नेपाल संस्थाद्धारा आयोजीत कार्यक्रममा प्रतिनिधि सभा सदस्य प्रमोद कुमार साहको प्रमुख आतिथ्यता रहेको थियो । ह्वील चेयर तथा खेलकुद सामग्रीहरु वितरण कार्यक्रममा जसपाका नेता योगनारयण चौधरी, नगर अध्यक्ष पंची महतो,क्षेत्रीय सचिव राम नरेश साह,जसपा नेता अर्जुन खडका, अमिर पासवान,राधेश्याम पासवान लगायत जनप्रतिनिधिहरुको उपस्थिती रहेको आयोजक संस्थाका कार्यक्रम संयोजक संजय कुमार मंडलले बताउनु भयो ।