बागमतीका नगर प्रमुख थापाले पनि दिए सर्लाही १ बाट स्वतन्त्र उम्मेदवारी

342 Shares

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाले सर्लाही क्षेत्र नम्बर १ बाट स्वतन्त्र उम्मेदवारी दिएका छन् ।नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता समेत रहेका नगर प्रमुख थापाले सर्लाही क्षेत्र नं. १ बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका निर्वाचन अधिकृतको कार्यालय सर्लाही क्षेत्र नम्बर १ ले जनाएको छ ।
क्षेत्र नं. १ बाट नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले प्रमोद साहलाई टिकट दिएको भएपनि साह सहित थापाले पनि उम्मेदवारी दर्ता गराएका हुन् ।
स्वतन्त्रबाट उम्मेदवार दिएका थापाको हकमा निर्वाचन आयोगको सिस्टममा “स्थानीय तहमा निर्वाचित”भनेर देखाएकाले दर्ता हुन समय लागेपछि निर्वाचन आयोगसँग नै समन्वय गर्नुपरेको क्षेत्र नं. १ का निर्वाचन अधिकृत टीकाबहादुर थापाले बताए । उनका अनुसार सर्लाही क्षेत्र नम्बर १ मा १९ दलका साथै स्वतन्त्र गरी कुल २९ जना उम्मेदवारले उम्मेदवारी दिएका छन् ।

सम्बन्धित समाचार