मर्यादित महिनावारी दिवसमा इन्सेक कोशीको अन्तरक्रियात्मक प्रशिक्षण

457 Shares

अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कोशी प्रदेशले अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सञ्चालन गरेको छ।इन्सेक कोशी प्रदेश कार्यालय,विराटनगर र मोरङको बुढीगंगा गाउँपालिकाको आयोजनामा बुढीगंगा गाउँपालिका ६ मा अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको इन्सेक कोशी प्रदेश कार्यालयका संयोजक मनोहर पोखरेलले जानकारी दिए ।उनका अनुसार “मर्यादा समानता मानव अधिकारका लागि मर्यादित महिनावारी”नारासहित सातौँ अन्तर्राष्ट्रिय मर्यादित महिनावारी दिवसका अवसरमा मर्यादित महिनावारी मानव अधिकारको आधार भएकाले सबैखाले भेदभावको अन्तको आव्हान गर्दै कार्यक्रम गरिएको हो ।

WhatsApp Image 2025-12-08 at 18.15.48_c71f8284 (1).jpg
महिला अधिकार,किशोरी शिक्षा र अन्तरपुस्तागत न्याय विषयमा आयोजित अन्तरक्रियात्मक प्रशिक्षण कार्यक्रमलाई मानव अधिकार रक्षक सञ्जालका संयोजक देबी बाँस्कोटाले सहजीकरण गरेका थिए ।यौन र लैङ्गिक हिंसाको रूपमा हुने भेदभावलाई व्याख्या गर्दै इन्सेक कोशी प्रदेश संयोजक पोखरेलले विज्ञानले स्वीकार गरी परिभाषित गरेको महिनावारी जीवनको प्राकृतिक तथ्य र सृष्टिको कारक भएकोले मासिक रूपमा हुने महिनावारी चक्रलाई सम्मानजनक र स्वस्थ तरिकाले बुझ्नु पर्ने र व्यवस्थापन गर्नुपर्ने बताए ।
मानव अधिकार रक्षक सञ्जालका संयोजक बाँस्कोटाले लैङ्गिक विभेद र कानूनी शासनको चर्चा गर्दै बालविवाह,दाईजोप्रथा,बहुविवाह,जातीय भेदभाव र भ्रुण हत्या लगायतका हिंसाको शिकारबाट समाजको विकास अवरुद्ध भएकोले सजग र सुरक्षित समाज निर्माणका लागि जिम्मेवार बन्न आग्रह गरे ।
कार्यक्रमको उद्घाटन गर्नुहुँदै बुढीगंगा गाउँपालिकाकी उपाध्यक्ष अमृता कुमारी गच्छेदार थारुले हिंसा न्युनिकरणका लागि गाउँपालिकाले विभिन्न कार्यक्रमहरु ल्याएकोले महिलाहरुले हिंसा विरुद्ध आवाज उठाउने साहस देखाउन र आफू तथा अन्यको सुरक्षामा योगदान पु¥याउन अपील गरिन् ।कार्यक्रममा बुढीगंगा गाउँपालिकाका विभिन्न शाखाका प्रमुख, आमा समूह र किशोरीहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित समाचार