सर्लाहीको लालबन्दीमा प्रदेश नं.२ का महिला ,बालबालीका,युवा तथा खेलकुद मन्त्री विरेन्द्र सिंहलाई स्वागत तथा सम्मान गरिएको छ । मन्त्री सिंहलाई नेपाल डोरीतान संघ प्रदेश २ को आयोजनामा लालबन्दीमा स्वागत तथा सम्मान गरिएको मन्त्री सिंहका स्वकीय सचिव निकोश त्रिपाठीले जानकारी दिनु भयो ।
नेपालीहरुको महान् चाड दशैंको अवसरमा शुभकामना आदान प्रदान गर्दै लालबन्दीका विभिन्न खेलाडी तथा प्रशिक्षकहरुले मन्त्री सिंहलाई अविर र दोसल्ला ओढाएर स्वागत तथा सम्मान गरेका हुन् । नेपाल डोरीतान संघ प्रदेश २ का अध्यक्ष प्रभुनारायण शिवाकोटीको अध्यक्षता तथा मन्त्री सिंहको प्रमुख आतिथ्यतामा स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा सर्लाही फुटबल संघका अध्यक्ष विष्णु सुस्लीङ्, कराँते प्रशिक्षक सन्तविर माझी, क्यूकोशिन कराँते प्रशिक्षक शक्ति साह, फुटबल प्रशिक्षक वेद बहादुर राईलगायतका विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुले मन्त्री सिंहलाई स्वागत तथा सम्मान गरेका हुन । कार्यक्रममा लालबन्दी नगरपालिका–७ का वडाध्यक्ष सुरेन्द्र कुमार न्यौपाने लगायत स्थानिय जनप्रतिनिधिहरु र स्थानियको उपस्थिती रहेको थियो ।