Close This

भारतीय मजदुर भारतीय सुरक्षाकर्मीका कारण सिमामा अलपत्र

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७७-२-६ गते   २७० पटक हेरिएको

जिल्लाका विभिन्न इट्टाभट्टामा कामगर्ने करिब ८ सय भारतीय मजदुर नेपाल भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् । करिब २ महिनादेखि जारी लक डाउनका कारण इट्टाभट्टा बन्द भएपछि घर हिडेका भारतीय मजदुरहरु भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि सीमा क्षेत्रमा अलपत्र परेका हुन् । 
विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाईरसको विरुद्ध जारी लक डाउनका कारण काम गर्ने उद्योगहरुमा काम बन्द भएपछि उनीहरु घर जानका लागि जिल्लाका विभिन्न नेपाल भारत सीमानाकामा पुगेका थिए ।उद्योगमा काम पनि बन्द भएको र काम गरे वापत पाएको पैसा पनि सकिएकाले आफुहरु घर जान बाध्य भएको उनीहरुले बताएका छन । उद्योग बन्द भए कमाएको पैसा सकियो । घर जान हिडेको घर जान पनि पाईएन , सिमानाकामा अलपत्र परेका भारतीय मजदुरहरुको गुनासो छ ।
सीमा क्षेत्रमा पुगेका मजदुरहरु अधिकांश भारतको बिहार, पश्चिम बंगाल र उत्तर प्रदेशका रहेका छन् । ‘उद्योग बन्द भएपछि कामधन्दा पनि बन्द छ । कमाएको पैसा पनि २ महिनामा खाएर सकियो ।  अब के खाने ? कसरी बस्ने भन्ने चिन्ताले सताउन थालेपछि बाध्य भएर घर हिडेका छौँ,’ असलम खानले बताए । जिल्लाका विभिन्न उद्योगहरुमा काम गर्ने ठूलो संख्यामा महिला र बालबालिका पनि रहेका छन् । 
उद्योगको काम बन्द भएपछि आफुहरुको दैनिकी कष्टकर बनेको मजदुरहरुको गुनासो छ । ‘कमाएको पैसा पनि सकियो । काम नगरेपछि एदोगे पैसा दिदैनन् । एउटै उद्योगमा ३÷४ सय मजदुर काम गर्छन । उद्योग कतिलाई दिनु अर्का मजदुर लक्ष्मी देवीले बताईन । 
जिल्लाका विभिन्न सीमा क्षेत्रबाट भारतीय सुरक्षाकर्मीले भारत प्रवेश गर्न नदिएपछि  उनीहरुलाई पर्साको वीरगंज हुँदै भारत पठाउने तयारी भइरहेको इट्टा उद्योग व्यवसायी संघ सर्लाहीका अध्यक्ष मेथुर चौधरीले बताउनु भयो । वीरगन्जस्थित भारतीय महावाणिज्य दूतावास मार्फत उनीहरुलाई भारत पठाउने तयारी भएको चौधरीले बताउनु भएको छ । हरेक दिन २ सयका दरले उनीहरुलाई भारत पठाउने गरिएको पनि चौधरीले बताउनु भयो ।जिल्लाका अधिकांश उद्योगहरुमा काम गर्ने मजदुरहरु भारतका नै रहेका छन । जिल्लामा ९० वटा इट्टा भट्टा छन् । जसमा करिब ८ सयदेखि १० हजारसम्म भारतीय मजदुरहरु कार्यरत रहेका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech