Close This

शसस्त्र प्रहरी बेश हरिवनद्धारा शितलहरबाट बचाउन दाउरा वितरण

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-१०-५ गते   २८८८ पटक हेरिएको

सर्लाहीको हरिवन बजारमा शसस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प हरिवनले शितलहर र जाडोबाट बचाउन केही राहत पुगोस भनेर दाउरा वितरण गरेको छ । हरिवन नगरपालिका ११ को बजार स्थित विभिन्न करिब २० स्थानमा एक ट्याक्टर दाउरा वितरण गरिएको सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प हरिवनले जनाएको छ ।

पछिल्लो समयमा अचानक जाडो तथा शितलहर बढेपछि नागरिकलाई केही भएपनि न्यायो आभाव होस भन्नका लागि सशस्त्र प्रहरी बल सुरक्षा बेश क्याम्प हरिवनले दाउरा वितरण गरेको सशस्त्र प्रहरी नायव उपरिक्षक विकास भुजेलले जानकारी दिनु भयो ।
उहाँका अनुसार हरिवन नगरपालिका ११ स्थित बजार क्षेत्रमा करिब २० स्थानमा दाउरा वितरण गरिएको छ । बढ्दो शितलहरलाई ध्यानमा राख्दै नागरिक मैत्रि सुरक्षाकर्मी एवम प्रशासन भन्ने आभाव दिलाउन सानो काम गरेको शसस्त्र प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech