Close This

४७ करोडमा निर्माण भएको सव–स्टेशनबाट सेवा प्रवाह शुरु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-७-४ गते   ३३ पटक हेरिएको

सर्लाहीको लालबन्दी नगरपालिका १ मा निर्माण भएको १३२÷३३ केभीए सव स्टेशन आयोजना नवलपुरले आज(शुक्रबार)बाट जिल्लाको हरिवन र लालबन्दी क्षेत्रमा विद्युत सेवा प्रवाह शुरु गरेको छ । करिब रु ४७ लाखको लागतमा निर्माण भएको आयोजनाले तिहारलाई झिलिमिली बनाउँदै भन्दै तिव्रगतीमा काम गरेको थियो । 
लालबन्दी नगरपालिका  १ मा निर्माण भएको जिल्ला कै ठूलो १३२÷३३ केभीए सव स्टेशन आयोजनाले आजबाट हरिवन र लालबन्दीमा विद्युत सेवा शुरु गरेको छ । जिल्लामा वितरण गरिएको विद्युत सेवालाई भरपर्दो र गुणस्तरीय बनाउने उद्देश्यले सव–स्टेशन निर्माण गरिएको र सव स्टेशनले आजबाट आफ्नो सेवा शुरु गरेको हो ।
१३२÷३३ केभीए सव स्टेशन आयोजना नवलपुरबाट विद्युत सेवा प्रवाह शुरु भएपछि आफुहरुलाई खुसी लागेको र विद्युतीय समस्याबाट भुक्त भएको स्थानिय हरिप्रसाद धमालाले बताउनु भयो ।
कोरोना महामारी,वर्षायाम रचाडपर्वका कारण निर्धारित समयमा निर्माण सम्पन्न नभएको भएपनि आफुहरुले काम गर्न कुनै कन्जुस्र्याइ नगरेको पावाटेक वाईवा जेभि कम्पनीका प्रतिनिधि एच.पी लामाले बताउनुभयो ।
 १३२÷३३ केभीएको ट्रान्सपरमर कार्तिक २ गतेबाट चार्ज गर्न शुरु गरिएको र १३२÷३३ केभीए सव स्टेशन आयोजना नवलपुरबाट विद्युत प्रवाह शुरु भएपछि सर्लाहीमा विद्युतीय समस्यामा सुधार हुने आयोजनाका आयोजना प्रमुख निरन्जन साहलेबताउनुभयो ।
उहाँका अनुसार समयमै काम सकेर दशैँबाट नै विद्युत सेवा विस्तार गर्ने लक्ष्य लिएको भएपनि लकडाउनका कारण समस्या आएका कारण अबको एक महिनामा निर्माणको सानोतिनो सबै काम सकिने तरविद्युत प्रवाह आजैबाट शुरु हुने भएको छ ।
सव–स्टेशन निर्माणको सम्पुर्ण काम सम्पन्न भएपछि हरिपुर,मलंगवाका सव–स्टेशनमा विद्युत सेवा प्रवाह गरिने र जिल्लामा विद्युत सम्बन्धी समस्या समाधान हुने आयोजना प्रमुख साहले बताउनु भयो । जिल्लामा रहेका ३ वटा सव स्टेशन ३३÷११ केभिएका मात्र  रहेका कारण विद्युत सम्बन्धी समस्या आएको थियो । अब यो सव–स्टेशन बनेपछि त्यो समस्या समाधान हुने विश्वास लिईएको छ ।
अहिले जिल्लामा रहेका ३ वटा सव स्टेशनले  धनुषाको ढल्केवर र रौतहटको चन्द्रनिगाहपुरको सव–स्टेशनबाट विद्युत ल्याउनु परि रहेको छ । अब नवलपुरको सव स्टेशन निर्माण सम्पन्न भएपछि लालबन्दी र हरिवनको लागि नवलपुरबाट सिधैँ र हरिपुर र मलंगवाका सव स्टेशनबाट समेत सेवा सञ्चालन हुने छ ।
बाहिरबाट ल्याएको विद्युतले जिल्लाको आपुर्ति थाम्न नसकेको कारण जिल्लामा विद्युतीय समस्या रहेको थियो । त्यहि विद्युतीय समस्या समाधान गर्न भन्दै जिल्लामै सव–स्टेशन निर्माण भई रहेको आयोजना प्रमुख साहले बताउनु भयो । यो सव स्टेशनका लागि पनि ढल्केवर ग्रिड शाखाबाट सेवा सञ्चालन हुने छ ।उहाँका अनुसार हरिपुर र मलंगवा सव सटेशनलाई नवलपुरले लाईन दिने र लालबन्दी तथा हरिवनका लागि नवलपुर आफैँले सेवा विस्तार गर्ने छ ।
नेपाल सरकार र नेपाल विद्युत प्राधिकरणको करिब रु ४६ करोड ३६ लाखको लागतमा  आर्थिक वर्ष २०७५÷०७६ बाट सव–स्टेशन निर्माणको पावाटेक वाईवा जेभि कम्पनीले निर्माणको ठेकका पाएको थियो । कोरोना महामारी,वर्षायाम,चाडपर्व आदीका कारण म्याद थप गरेर निर्माण गरेको कम्पनीले निर्माणको सम्पुर्ण काम चालु आव २०७८÷०७९ भित्र निर्माण सम्पन्न गर्ने गरी काम गरि रहेको निर्माण कम्पनीका प्रतिनिधि लामाले बताउनु भयो ।
जिल्लामा केन्द्रीय प्रशारण लाइनको पहुँच पु¥याउनका लागि सव–स्टेशन निर्माणको काम गरिएको र अबको करिब एक महिनमा निर्माण सम्पन्न हुने निर्माण कम्पनीका प्रतिनिधि एच.पी लामाले बताउनु भयो । सामान्य काम बाँकी रहेको र अबको करिब एक महिनामा सम्पुर्ण निर्माणको काम सम्पन्न हुने छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech