सर्लाहीको पर्सा गाउपालिका २ संग्रामपुरमा रहेको बौद्वी फ्युल सेन्टर (पेट्रोल पम्प) मा डकौती भएको छ । भारतबाट आएका डाकाहरुको समुहले पम्पमा हमला गरि रु ८ लाख लुटपाट गरेका प्रहरीले जनाएको छ ।
पर्सा गाउपालिका ३ का वडा अध्यक्ष तथा पम्पका सञ्चालक भिखारी साहका अनुसार डाकाहरुको समुहले रकम लुटपाट गरि गोली फायर गर्दै भागेका थियो । प्रहरीले पेट्रोल पम्प क्षेत्रबाट गोलीको खोखा समेत बरामद गरेको जनाएको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीको कार्यालय रहेको स्थानबाट करिब ३ सय मिटरको दुरमा रहेको पम्पबाट डाकाहरुले रु ८ लाख लुटपाटगरेका बताइएको छ ।