सर्लाहीमा भएका २ दुर्घटनामा २ जना घाईते, हेलिकप्टर मार्फत काठमाण्डौं पठाईयो

286 Shares

सर्लाहीका दुई छुट्टाछुट्टै स्थानमा भएको दुर्घटनाका घाइतेलाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको छ।ब्रम्हपुरी गाउँपालिका २ धर्मपुरमा र चन्द्रनगर गाउँपालिका २ बिर्तामा भएको दुर्घटनामा घाइते भएका दुई जनालाई हेलिकप्टर मार्फत काठमाण्डौं पठाईएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

heli-300x171.jpeg
प्रहरीका अनुसार ब्रम्हपुरी गाउँपालिका २ धर्मपुर टोलमा बयलवासबाट मलंगवातर्फ जाँदै गरेको ना ४१ प ३३०९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा ईश्वरपुर नगरपालिका ७ का अन्दाजी २० वर्षीय उमर मिकरानी घाइते भएका थिए।उनलाई स्थानीय स्वास्थ्य संस्थामा समान्य उपचार पछि थप उपचारका लागि अल्टिच्यूट हेलिकप्टरमार्फत काठमाडौं पठाइएको हो।
त्यस्तै,चन्द्रनगर गाउँपालिका २ बिर्ता नजिक प्रदेश २–०२–००१ त २२४१ नम्बरको ट्याक्टर र प्रदेश २–०३–०१३ प १९९७ नम्बरको मोटरसाइकल ठोक्किँदा चन्द्रनगर गाउँपालिका ३ बडकुर्वाका अन्दाजी २८ वर्षीय अक्षय कुमार सिंह कुशवाहा घाइते भएका थिए।उनलाई पनि स्थानीय स्वास्थ्य संस्थामा सामान्य उपचारपछि हेलिकप्टर मार्फत काठमाडौं पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।दुर्घटनामा संग्लग्न सवारी साधनहरु प्रहरीले नियन्त्रणमा लिएको छ भने ट्याक्टरका चालक  फरार रहेकाले उनको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित समाचार