बाढी पीडितका लागि ११६ जनाले गरे इश्वरपुरमा रक्तदान

225 Shares

नुवाकोट तथा रसुवागढी क्षेत्रका बाढी पीडितहरूको सहयोगार्थ सर्लाहीको इश्वरपुरमा आयोजना गरिएको बृहत् रक्तदान कार्यक्रममा एक सय १६ जनाले रक्तदान गरेका छन् ।भदौ १० गते रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीका पीडितहरुलाई सहयोग पुगोस भनेर लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्स र ईश्वरपुर नगरपालिकाको संयुक्त आयोजनामा आयोजना गरिएको रक्तदान कार्यक्रममा एक सय १६ जना रक्तदाताले रक्तदान गरेका लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्सका अध्यक्ष एवम लालबन्दी मोडेल अस्पतालका सञ्चालक डा.आलोक कुशवाहाले जानकारी दिए ।

ip1.jpg
उनका अनुसार ९९ जना पुरुष र १७ जना महिला रक्तदाताले रक्तदान गरेका छन्।विपद्को कठिन परिस्थितिमा पीडितहरूको जीवन रक्षाका लागि आवश्यक रगत उपलब्ध गराउने उद्देश्यले आयोजना गरिएको मानवीय अभियानमा रक्तदाताहरूले उत्साहपूर्वक सहभागिता जनाएका आयोजकले जनाएको छ ।

ip2.jpg

“मानवीय सेवामा हातेमालो गरौँ,विपद्का पीडितहरूको जीवन बचाऔँ।”“रक्तदान नै जीवनदान हो।”भन्ने मुला नाराका साथ लायन्स क्लब अफ मधेश ईश्वरपुर हेल्पिङ ह्यान्ड्स र ईश्वरपुर नगरपालिकाले बुधबार राहत संकलन पनि गरेको थियो ।

सम्बन्धित समाचार