सर्लाहीको चन्द्रनगर गाएापालिका ५ मा करेन्ट लागेर एक जनाको ज्यान गएको छ ।
चन्द्रनगर गाउँपालिका ५ मा अन्दाजी बर्ष ५२ का मोती ठाकुर लोहारले आफ्नै धान खेतमा मोटरले पानी हाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भई उपचारको लागी जिल्ला अस्पताल सर्लाही जैदाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
करेन्ट लागि उपचारको लाँदै गर्दा बाटामै मृत्युका मोतीको लास जिल्ला अस्पताल सर्लाहीको सब गृहमा राखिएको सर्लाही प्रहरीले जनाएको छ ।