बागमती ८ का वडा अध्यक्ष कार्कीद्वारा पत्रकार एस.पी.गौरबलाई ज्यान मार्ने धम्की

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-७-६ गते   ५२० पटक हेरिएको

सर्लाहीको बागमती नगरपालिका ८ का वडा अध्यक्षले कमलामाई मिडिया प्रा.लिका अध्यक्ष एवम प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्षमाथी ज्यान मार्ने धम्की दिएका छन् । बागमती नगरपालिका ८ का वडा अध्यक्ष डम्बर बहादुर कार्कीले कमलामाई मिडिया प्रा.लिका अध्यक्ष एवम प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी(एस.पी.गौरब)लाई ज्यान मार्ने धम्की दिएका हुन् ।
वडा अध्यक्ष कार्कीले आफु वडा अध्यक्षबाट राजिनामा दिएर भएपनि ज्यान  मारेर आजिवन जेल बस्न तयार रहेको भन्दै धम्क्याएका हुन् । भदौ २७ गते बागमती नगरपालिका ८ का वडा अध्यक्ष कार्कीले नक्कली नागरिकता सिफारिस गरेका थिएँ । सो विषयमा २०७९ असोज १ गते कमलामाई अनलाई खबर लगायतका धेरै मिडियामा समाचार आएको थियो । सोही विषयलाई लिएर वडा अध्यक्ष कार्कीले कमलामाई मिडिया प्रा.लिका अध्यक्ष एवम प्रेस सेन्टर नेपाल सर्लाहीका अध्यक्ष पत्रकार शंखर पहाडी(गौरब)लाई ज्यान मार्ने धम्की दिएका हुन ।
उनले आफु स्वाभिमानी मान्छे रहेको र कसैले हेपेको मन नपर्ने बताउँदै वडा अध्यक्ष पदबाट राजिनामा दिएर आजिवन जेल बस्न तयार रहेको बताएका छन् । उनले आफु जीवनमा गलत नगर्ने र जीवनमा घुस नखाने बताउँदै आफ्नो स्वाभिमान माथि कसैले समाचार लेखेमा जे पनि गर्न तयार हुने बताएका छन् ।
उनले भारतयी,चिनीय तथा अन्य अन्र्तराष्ट्रिय नागरिकलाई नागरिकता  नदिएको भन्दै आफुले गल्ती नगरेको बताएका छन् ।
तर यता, उनले केटी पक्षका बाबुको नागरिकता नझिकाई एक स्थानीय दम्पतीलाई बाबुआमा बनाई भदौ २९ गते नागरिकता सिफारिस गरेका थिए । अन्दाजी ४६ वर्षीया शान्ति आले मगरको छोरा नै १७ वर्षको भइसक्दा पनि आफ्नै नागरिकता नबन्दा विवाह दर्ता गर्न नपाएको र त्यसले गर्दा छोराको नागरिकता बनाउन समस्या भएका कारण नागरिकता बनाई विवाह दर्ता गरी छोराको नागरिकता बनाउने योजना रहेको बुझिएको छ ।
वडा अध्यक्ष कार्कीले सो योजना अनुसार धनचिङ्ग परिवालाई केटी पक्षका नक्कली आमाबुबा बनाई नागरिकता बनाउन सिफारिस गरेका थिए । वडा अध्यक्ष कार्कीले बागमती नगरपालिका ८ कै चुन बहादुर आले मगरकी नातिनी, तुल बहादुर आले मगर र चप्पा कुमारी मगरकी छोरी शान्ती भनी सिफारिस गरेका थिए । उनले  शान्तीको बागमती नगरपालिका ८ कै नर बहादुर धनचिङ्ग मगरको नाती, अमर बहादुर धनचिङ्ग मगरको छोरा केशव बहादुर धनचिङ्ग मगरसँग २०६०  फागुन २८ गते विवाह भएको भनी सिफारिस गरेका थिए ।
सो सिफारिस  लिएर बागमती नगरपालिका ८ कै सचिव देवीबहादुर मगर (गोविन्द) कहाँ जाँदा मगरले झुटा विवरण पेश गरी बनाइएको सिफारिसमा हस्ताक्षर नगर्ने बताएपछि नक्कली नागरिकता बनाउन सिफारिस गरेको रहस्य बाहिरिएको हो । आफू कार्यालयमा नभएको समयमा वडा अध्यक्ष कार्कीले जन्मदर्ता,नागरिकता सिफारिस र विवाह दर्ताको प्रमाणित गरी वडा सचिवलाई जानकारी नगराई सर्लाही जिल्ला नभई अन्यन्त्र जन्म भएको र उसको बाबु आमाको नामथर वतन नखुलेको अवस्थामा वडा अध्यक्ष कार्कीले आफुखुसी नागरिकता सिफारिस गरेको वडा सचिव मगरले बताए ।
इलाका प्रशासन कायार्यलय बरहथवामा नागरिकता बनाइ सकिएको अवस्थामा पनि प्रशासनले शंका लागि चेकजाँच गर्दा नागरिकता सिफारिस नक्कली भएको पाएपछि नगरिकता नदिएको वडा सचिव मगरले जानकारी दिए । यता वडा अध्यक्ष कार्कीले सचिव मगरले प्रमाणहरु जुटाएर ल्याएको र गलत सिफारिस गरेकोमा आफूले हस्ताक्षर गरेको भएपनि पछि शंका लागि ईलाका प्रशासन कार्यालय बरहथवालाई फोन गरी आफैंले नागरिकता नदिन भनी रोकेको बताएका थिए । 
तर जन्म तथा विवाह प्रमाणित सम्बधमा भनी गरिएको सिफारिसमा वडा अध्यक्ष कार्की आफैंले सिफारिस गरेका छन् । उनले सचिव मगरका आफन्त भनी प्रमाणित गरेको भएपनि उक्त सिफारिसमा आफ्न्त भनिएका आले मगर परिवारमा अहिले बोलचाल बन्द रहेको पनि वडा अध्यक्ष कार्की आफैंले स्वीकार गरेका थिए ।
यता त्यस प्रकारको समस्या भएमा गर्ने÷गराउने दुबैलाई कारबाही हुने र त्यस्तो छ भने तुरुन्त रोकिनु पर्ने जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमले बताए । उनले यस्तो कार्य गैर कानूनी हुने र सोही अनुसार यस्तो कार्य गर्ने÷गराउनेलाई तुरुन्त कारबाही गरिने पनि बताए । 
यता ईलाका प्रशासन कार्यालय बरहथवामा सम्पर्क गर्दा कार्यालय प्रमुखसँग सम्पर्क हुन सकेन । शान्तीको बनाइसकेको नागरिकता खोसेर राखेको ईलाका प्रशासन कायार्यलय बरहथवाले जनाएको छ ।  वडा अध्यक्ष कार्की स्थानीय निर्वाचन २०७९ मा नेकपा एमालेबाट बागमती नगरपालिका वडा नं ८ को वडा अध्यक्ष पदमा निर्वाचित भएका हुन् ।
उनले केही मानिसहरुलाई प्रयोग गरि भदौ ३१ गते कमलामाई मिडिया प्रा.लिद्धारा सञ्चालीत कमलामाई खबर टडकम र असोज १ गते मध्यान्न राष्ट्रिय दैनिकमा प्रकाशित समाचार हटाउन दवाद दिएका छन् ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech