Close This

सर्लाहीमा चौथो पटक सोमबार थपियो निषेधाज्ञा

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७८-२-१७ गते   १७४ पटक हेरिएको

जिल्ला प्रशासन कार्यालय सर्लाहीले जिल्लामा पुनः एक साता अर्थात जेठ २५ गते मध्यरातसम्म निषधाज्ञा आदेश थप गरेको छ । कोरोना भाईरसको दोस्रो भेरिएन्टको संक्रमण तीव्ररुपमा फैलँदै गएपछि जिल्लामा सुरु गरीएको निषेआज्ञा चौथोपटक थप गरिएकोहो। 
सोमबार साँझ सम्पन्न जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र(डिसिसिएमसी)को बैठकले   आगामी जेठ २५ गते राती १२ बजेसम्मका लागि निषेधाज्ञा आदेश जारी गरेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनु भयो ।
पहिलोपटक गत वैशाख २५ गते राति १२ बजेबाट सूरु भएको निषेधाज्ञा आदेश निरन्तर चौथो पटक पनि जारी गरिएको हो । कोरोना भाईरस संक्रमण निरन्तर बढ्दो रहेको र मृतक संख्या पनि बढीरहेकाले थप सात दिन निषेधाज्ञा जारी राख्नुपर्ने डीसीसीएमसीको बैठकले निर्णय गरेको थियो । सोही अनुसार प्रमुख जिल्ला अधिकारी तामाङले निषेधाज्ञा आदेश जारी गर्नु भएको हो । दोस्रो कहरकालमा सर्लाहीमा हालसम्म २ हजार ७ सय २ जनाको परीक्षण गर्दा १ हजार ५ सय २ जना संक्रमित भएका छन् भने ५९ जनाको मृत्यु भईसकेको स्वास्थ्य कार्यालय सर्लाहीले जनाएको छ । त्यस्तै हालसम्म ३ सय ४० जना संक्रमित निको भएका जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा (३) र संक्रामक रोग ऐन २०२० को दफा (२) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी तामाङले जानकारी दिनु भयो । प्रमुख जिल्ला अधिकारी तामाङका अनुसार यसपटकको निषेधाज्ञा उल्लंघन गर्नेहरुलाई भने हालै सरकारले जारी गरेको कोभिड संकट व्यवस्थापन अध्यादेश अन्तर्गत निकै कडा कार्बाही गरिने छ ।
यता,संक्रमितको संख्या दिनहु बढ्दै गईरहेकाले आम सर्वसाधारणको जनस्वाथ्यमा गम्भीर असर पर्न सक्ने अवस्थालाई मनन् गरी कोभिड नियन्त्रणका लागि जिल्लाभर निषेधाज्ञा लगाउनु परेको प्रमुख जिल्ला अधिकारी तामाङले बताउनु भयो । प्रमुख जिल्ला अधिकारी तामाङद्वारा हस्ताक्षरित निषेधाज्ञा सम्बन्धी आदेशमा समुदाय तथा व्यक्तिले अनिवार्य रुपमा पालना गर्न आग्रह गरिएको छ । निषेधाज्ञा पालना नगर्नेलाई कडा कार्वाही गरिने पनि चेतावनी दिइएको छ ।
सोमबार दिउँसो जिल्ला समन्वय समिति सर्लाहीको सभाहलमा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरी र मलंगवा नगरपालिकाका नगर प्रमुख निरसल साहको उपस्थितीमा प्रमुख जिल्ला अधिकारी तामाङ, नेपाली सेनाका प्रमुख सेनानी सरोज राणा, जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख एवम प्रहरी उपरीक्षक सन्तोष सिंह राठौर, सशस्त्र प्रहरी उपरीक्षक गंगाराम श्रेष्ठ, राष्ट्रिय अनुसन्धानका उपनिर्देशक दिलिप कुमार सिंह, जिल्ला जनस्वास्थ्य कार्यालय प्रमुख श्रवण नायक लगायतको ,उपस्थिती रहेको थियो ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech