प्रहरी उपरीक्षक बस्नेतद्धारा जिट्राप्रका सर्लाहीको निरीक्षण

247 Shares

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया,बारा मधेश प्रदेशका प्रमुखले जिल्ला ट्राफिक  प्रहरी कार्यालय नवलपुर सर्लाहीको स्थलगत अवलोकन गरेका छन् ।केही दिन पहिला मात्रै सरुवा भएर आएका नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक  व्यवस्थापन कार्यालय पथलैया, बारा मधेश प्रदेशका प्रमुख एवम प्रहरी उपरीक्षक ज्ञानेन्द्र बहादुर बस्नेतले जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीको स्थलगत अवलोकन गरेका जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीका प्रमुख एवम प्रहरी निरीक्षक अशोक कुमार साहले जानकारी दिए ।

629182059_1969252793989855_3979705785080703748_n.jpg
उनका अनुसार प्रहरी उपरीक्षक बस्नेतले जिल्ला टूाफिक प्रहरी कार्यालय नवलपुर सर्लाहीमा कार्यरत ट्राफिक  प्रहरी कर्मचारी हरुको व्यक्तिगत टर्न आउट, कार्यालयको भवन,मेश र ब्यारेक लगायतको निरीक्षण गरेका हुन ।निरीक्षकको क्रममा प्रहरी उपरीक्षक बस्नेतले प्रहरी कर्मचारी हरुलाई संगठनले अंगिकार गरेको मुल्य,मान्यतालाई सदैवा पालना गर्न साथै दुर्घटना न्यूनिकरण गर्नको लागि ट्राफिक सचेतना कार्यक्रमलाई अझ बढी प्रभावकारी रुपमा अगाडी बढाउन निर्देशन दिएका छन् ।देशभरकै सबै भन्दा धेरै २० वटा स्थानीय तह रहेको सर्लाहीमा जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुर सर्लाही सहित ११ वटा ट्राफिक प्रहरी युनिटहरुबाट ट्राफिक प्रहरीसंग सम्बन्धीत गतिविधिहरु निरन्तर भई रहेका भएपनि जनशक्ति अभावले सोचे जति काम गर्न नसकिएको ट्राफिक प्रहरी कर्मचारीहरुको गुनासो छ 

सम्बन्धित समाचार