अपराध अनुसन्धान विभागको ७१ औँ स्थापना दिवस २०८३ को अवसरमा सर्लाहीमा “ यौनजन्य हिंसा रोकथाम तथा जनचेतना”सम्बन्धी तीन दिने जनचेतनामुलक कार्यक्रम सम्पन्न गरिएको छ।जिल्ला प्रहरी कार्यालय सर्लाहीको आयोजनामा मंगलबारबाट सुरु गरिएको “यौनजन्य हिंसा रोकथाम तथा जनचेतनामुलक”कार्यक्रम हरिवन नगरपालिका–११ मा बिहीबार आयोजना गरि सम्पन्न गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवम् प्रहरी नयाव उपरिक्षक वेद प्रसाद गौतमले जानकारी दिए ।
उनका अनुसार पछिल्लो समय समाजमा यौनजन्य हिंसा व्यापक रुपमा बढी रहेका र यस प्रकारका हिंसाबाट कसरी बच्न सकिन्छ वा कस्तो अवस्थालाई यौनजन्य हिंसा भनिन्छ ।यौनजन्य हिंसा भएमा न्यायका लागि कहाँ जाने लगायतका सवालहरुमा अन्तरक्रियात्मक रुपमा कार्यक्रम सञ्चालन गरिएको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख एवम् प्रहरी उपरिक्षक रविन्द्र नाथ पौडेल, हरिवन नगरपालिकाका नगर प्रमुख रमेश बुढाथोकी(कमल) र बागमती नगरपालिकाका कार्यवाहक नगर प्रमुख कृष्ण लामा लगायत स्थानीय जनप्रतिनिधिहरुका साथै नागरिक समाज र सरोकारवालाहरुको विशेष उपस्थिति रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।