Close This

सर्लाहीका विभिन्न स्थानमा झडप,अवरुद्ध रहेकाे मतदान कार्य सुचारु

कमलामाई खबर सम्वाददाता    प्रकाशित: २०७९-१-३० गते   १७०८ पटक हेरिएको

सर्लाहीको रामनगर र कौडेना गाउपालिकाे एक स्थानमा पुनः मतदान सुरु भएको छ। झडप भएपछि जिल्लाका चार मतदान केन्द्रमा मतदान रोकिएको थियो। रोकिएको स्थानमध्ये कौडेनाको मोतीपुर र धनकौलको पशुसेवा केन्द्र मतदान केन्द्रमा अझै मतदान कार्य स्थगित नै छ।
शुक्रबार बिहान मतदान सुरु भएपछि विभिन्न पार्टीका नेता कार्यकर्ताबीच झडप भएको थियो। झडपपछि रोकिएको मतदान केही स्थानमा सर्वपक्षिय छलफल पछि पुनः सुचारु भएको जिल्ला निर्वाचन कार्यालय सर्लाहीले जनाएको छ । केही स्थानमा अहिले पनि छलफल भइरहेको मुख्य निर्वाचन अधिकृत ध्रुवकुमार पियाले जानकारी दिनुभयाे ।
कौडेना गाउँपालिका ६ मा आफ्ना मतदातासँग अर्को पार्टीका उम्मेदवारले आफूहरूलाई मतदान गर्न आग्रह गरेको भन्दै विवाद सुरु भएको थियो। मतदाता भड्काएको भन्दै नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा(माओवादी केन्द्र), जसपालगायतका नेता कार्यकर्ता ढुंगामुढामा उत्रिएका थिए। उक्त स्थानको मतदान केन्द्र अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनासमेतको नियन्त्रणमा रहेको छ। 
अवस्था नियन्त्रणमा लिन प्रहरीले लाठी चार्ज तथा केही राउन्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक  प्रवीण पोखरेलले जानकारी दिनुभयाे । उक्त स्थानमा बिहानदेखि तीनपटक झडप भएको थियो।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech