सर्लाहीका विभिन्न स्थानबाट लागु औषध सहित १ जना पक्राउ

गणेश खड्का    प्रकाशित: २०८०-६-४ गते   ४३३ पटक हेरिएको

सर्लाही ब्रहम्पुरी गाउँपालिका ४ स्थित त्रिभुवननगरबाट सुरक्षाकर्मीहरुले लागु औषध सहित एकजनालाई नियन्त्रणमा लिएको छ । प्रहरी चौकी त्रिभुवननगरबाट खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट(सबओपी) त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरीको टोलीले लागु औषध सहित एक जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक नरेशराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार प्रहरी चौकी त्रिभुवननगरका प्रहरी प्रमुख प्रहरी बरिष्ठ नायव निरिक्षक लतिफ अन्सारीको कमाण्डमा खटिएको प्रहरी टोली र सशस्त्र प्रहरी बल,नेपाल बोर्डर आउट पोष्ट(सबओपी) त्रिभुवननगरबाट खटिएको सशस्त्र प्रहरी नायव निरिक्षक सन्तोष साहको संयुत्त टोलीले चेकचाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ आउँदै गरेको नम्बर नखुलेको मोटरसाईकललाई शंका लागि चेकजाँच गर्दा नाईट्रोभेट ट्यावलेट ३ सय पिस,ओनरेक्स १ सय ११ बोतल सहित भारतको सितामढी बसन्तपुर ग्रामपञ्चायत ७ बस्ने अन्दाजी वर्ष २० का अरुण कुमारलाई नियन्त्रणमा लिइएको हो ।नियन्त्रणमा लिइएको लागु औषध सहित मानिसलाई आवश्यक अनुसन्धान र कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय बुझाइएको प्रहरीले जनाएको छ ।
त्यसैगरी मलंगवा नगरपालिका १ स्थित प्रहरी चौकी गोरखकालीबाट प्रहरी सहायक निरिक्षक र सशस्त्र प्रहरी बल नेपाल बोडर आउट पोष्ट(बिओपी)खुटौनाबाट खटिएको सशस्त्र प्रहरी बरिष्ठ हबल्दारको कमाण्डको संयुक्त टोलीले चेकजाँच गर्ने क्रममा नेपालबाट भारत तर्फ जाँदै गरेको बिआर ३० एल १५०७ नम्बरको मोटरसाईकल चेकजाँच गर्ने क्रममा प्रतिवन्धित लागु औषध गाँजा २ किलो २ सय ग्राम बरामद् भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक दिपेन्द्र पञ्जियार थारुले जानकारी दिए ।
उनका अनुसार प्रहरी टोलीलाई देख्ना साथ मोटरसाईकलका चालक मोटरसाईकल छाडि भागेका थिए ।त्यसपश्चात मोटरसाईकलमा चेकजाँच गर्दा प्रतिवन्धित लागु औषध गाँजा २ किलो २ सय ग्राम बरामद् भएको हो । नियन्त्रणमा लिएको प्रतिवन्धित लागु औषध गाँजा २ किलो २ सय ग्राम र मोटरसाईकल आवश्यक अनुसन्धान तथा कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय सर्लाही बुझाइएको प्रहरीले जनाएको छ ।

© Copyright 2019 Kamalamai Khabar. All rights reserved.
Design & Developed Journey For Tech